धनगढीमा १ मेयर, १० वडा अध्यक्ष सहित २५ जनाको उम्मेदवारी फिर्ता
नेपालबहस संवाददाता
बैशाख १६, २०७९ शनिबार १:२९:४५
♦ मोहन जोशी
१६ वैशाख, धनगढी । यही वैशाख ३० गते हुने निर्वाचनका लागि धनगढी उप महानगरपालिकामा उम्मेदवारी दिएका मध्य मेयर पदका १, वडा अध्यक्ष पदका १०, वडा सदस्य पदका ९, महिला वडा सदस्य पदका ३ र १ जना दलित महिला सदस्य सहित २५ जनाले उम्मेदवारी फिर्ता गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीका अनुसार धनगढी उप महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी राष्ट्रिय जनमोर्चाकी अञ्जना श्रेष्ठ ‘मास्के’ ले आफ्नो उम्मेदवारी फिर्ता लगेका छन् ।
यसैगरी वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका १० जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार धनगढी–११ बाट वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेशकुमार पन्त, वडा नम्बर–१३ बाट अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका भीम सिंह ऐर, १३ बाटै वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका गीता कुमारी गौतम, वडा नम्बर–१९ का लागि स्वतन्त्र उम्मेदवारी दिएका खुसी राम चौधरी, जसपाबाट धनगढी–१३ का लागि वडा अध्यक्षमा उम्मेदवारी दिएका कमल धामीले आफ्नो उम्मेदवारी फिर्ता लगेका छन् ।
यसैगरी नागरिक उन्मुक्ति पार्टीबाट धनगढी–१२ का लागि वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका पदमे कोली, एकीकृत समाजवादी पार्टीबाट धनगढी–५ कालागि उम्मेदवारी दिएका सुजित शर्मा, वडा नम्बर–१४ बाट स्वतन्त्र उम्मेदवारी दिएका हर्कबहादुर धामी, वडा नम्बर–१२ बाट स्वतन्त्र उम्मेदवारी दिएका ऐनबहादुर सिंह र माओवादी केन्द्रबाट धनगढी–१४ का लागि उम्मेदवारी दिएका कृष्णराज गिरीले शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लगेको मुख्य निर्वाचन अधिकृत पनेरुले बताए ।
उनका अनुसार पार्टी तथा स्वतन्त्र रूपमा विभिन्न वडामा उम्मेदवारी दिएका ९ जना वडा सदस्य, तीन जना महिला सदस्य र १ जना दलित महिला सदस्यले पनि आफ्नो उम्मेदवारी फिर्ता लगेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
२०२४ मा १० हजार पर्यटकले गरे मनास्लु क्षेत्रको भ्रमण
पुष २४, २०८१ बुधबार
सहकारी ठगीमा मुछिएकी लेखा समिति सभापति पोखरेलकी पन्ती कोइराला अदालतमा हाजिर
पुष २४, २०८१ बुधबार
बजार खुल्नासाथ नेप्सेमा १ करोड ३६ लाखमाथिको शेयर कारोबार
पुष २४, २०८१ बुधबार
सिद्धार्थ बैंकको पुस २८ गते एजीएम बस्दै
पुष २४, २०८१ बुधबार
५० बर्ष अघि बनेको बलिउडको पहिलो 'एडल्ट फिल्म' हंस्ते आँसु !
पुष २४, २०८१ बुधबार
परासीबाट चार चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र वितरण
पुष २४, २०८१ बुधबार