तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
बैशाख १९, २०७९ सोमबार ११:९:४६
वि.सं.२०७९ साल बैशाख १९ गते । सोमबार । ईश्वी सन् २०२२ मे ०२ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । बैशाख शुक्लपक्ष । तिथि–द्वितीया, रातको ०३ बजेर ५९ मिनेट उप्रान्त तृतीया । नक्षत्र– कृतीका, बेलुकी ११ बजेर ४० मिनेट उप्रान्त रोहिणी । योग–सौभाग्य, दिउसो ०३ बजेर ०९ मिनेट उप्रान्त शोभन । करण–बालव, दिउसो ०३ बजेर १३ मिनेट उप्रान्त कौलव, रातको ०३ बजेर ५९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २६ मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर ३७ मिनेट । दिनमान ३२ घडी ५७ पला ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :- अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठुला व्यक्तिको सहयोगमा बिशेष काम सम्पन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा आत्मियताको बढोत्तरी हुने योग रहेको छ । बन्द व्यापारमा राम्रै फड्को मार्न सकिने समय रहेको छ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :- सानातिना समस्या देखिएपनि लगनशिल भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रहयोग रहेकोछ । पढाईलेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडी बढ्न सकिने छ । दाजुभाईले तपाईको काममा सहयोग गर्ने हुनाले ठुला तथा उपलब्धी मुलक काम गर्न सकिने छ । मानव निर्मित तथा भौतिक साधनहरु प्राप्तीको योग रहेको छ । व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरु फराकिला पार्न सकिने छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :- आफन्त तथा अग्रजहरुसँग विवाद सिर्जना हुनेछ । गैर न्ययिक काम नगर्नुहोला दण्ड तथा जरिवाना हुने समय रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढेर जाने छ । मायाप्रेममा धोका हुनेछ भने पढाईलेखाईमा मन नजादा अरुभन्दा पछि परिने छ । तरपनि विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने कर्म प्राप्तीको लागि लामो दुरिको विदेश यात्रा हुनेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :- पछिसम्म फाईदा हुने व्यापार व्यवसायमा लगानी गरी आम्दानी सुनिश्चित गर्न सकिने छ । आर्थिक अभावले रोकिएका कामहरु तिब्र गतिमा सञ्चालन हुनेछन् । स्रोतसाधनको प्रयोग गरी अग्रगामी छलाङ मार्न सकिने छ । बैक तथा बित्तिय पेशासँग सम्बन्धीत कामहरुबाट आम्दानी बढाउन सकिने छ । मायाप्रेममा नजिक हुने समय रहेको छ भने जीवनसाथिसँग थप आत्मिय भाव बढ्नेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे):- पढाईलेखाईमा उच्च स्तरको सफलता हात लाग्नेछ भने प्राबिधिक शिक्षामा समय खर्चिनेहरुले राम्रो प्रगती गर्न सक्नेछन् । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ भने अग्रजहरुको सम्पती प्रयोग गर्न पाईने छ । नविन विचारको प्रयोग मार्फत व्यवसायलाई बढाउन सकिने छ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान गरिने छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो):- प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिने छ । खोज तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगती हुने योग रहेको छ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको प्रवला सम्भावना रहेको छ ।
तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :- स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरु प्रभावित हुनेछन् । चिन्ता तथा छट्पटिले उर्जा तथा आत्मबिश्वासमा कमी ल्याउने छ । नगर्नु पर्ने काममा हात हाल्दा व्यवसायिक रुपमा घाटा लाग्नेछ । धन सम्पती तथा पैत्रिक धन हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पती तथा खनिज पदार्थको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ । मायाप्रेममा धोका हुनेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :- व्यवसायिक यात्रा हुने गतिलो सम्भावना रहेको छ । पढाईलेखाईमा उल्लेख्य सुधार भएर जाने हुनाले अरुलाई निकै तल छाड्न सकिने छ । आफन्त तथा सबैको सहयोग पाईने हुनाले नयाँ काम गर्ने जोस जागर बढेर जानेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै दाम्पत्य जीवन खुशी रहने छ । पाहुना लागेर कतै जादा आथित्यको सत्कार तथा सम्मान पाईने छ । बिभिन्न सहयोग तथा उपहार प्राप्तीको ग्रहयोग रहेको छ । आर्थिक रुपमा सुदृड हुन सकिने हुनाले दैनिकी सहज रुपमा अगाडी बढ्ने छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :- बन्द व्यापारबाट मनग्गे आम्दानी हुनेछ भने नया उद्योगमा लगानि गर्ने अवसर आउने छ । तपाईको कुरा काट्ने तथा बिरोध गर्नेहरु तपाईकै प्रशंसा गर्न थाल्नेछन् । कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउदै जित हात पार्न सकिने छ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । शरिर स्वास्थ्य रहने हुनाले राम्रा काम गरी दाम कमाउन सकिने छ । पढाईलेखाईमा राम्रो नतिजाका साथ तपाईको नाम अग्र स्थानमा आउने छ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी):- मेहनेतले प्रतिष्ठित काम गर्ने अवसर जुराउने छ । पढाईलेखाईमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम एक कदम अगाडी आउने छ । सन्तान तथा छोराछोरिले प्रगति गर्ने हुनाले मन प्रशन्न रहने छ । शेयरबजार तथा बैकिङ क्षेत्रमा गरेको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । मायाप्रेमको गाठो कसिलो भएर जानेछ भने जीवनसाथिले तपाईको काममा सहयोग गर्ने हुँदा समयमा नै काम सकाउन सकिने छ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :- मायाप्रेममा अबिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाईलेखाई कमजोर रहने छ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । समाजसेवामा नाम कमाउन अली बढि नै संघर्ष गर्नु पर्नेछ । आफन्त तथा ईष्ट मित्रसँग टाडिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैन बढ्ने छ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची):- दौडधुप तथा लामो खटाईले मात्र कामरु सम्पादन हुनेछन् । पुराना मुद्दाहरुको निर्णय तपाईको पक्षमा नआउने तथा नया बिवादमा फस्ने योग रहेको छ । उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आएपनि तत्काल भन्दा पनि पछिको लागी फाईदा हुनेछ । आफुभन्दा ठुला तथा प्रतिष्ठित व्यक्तिहरुसँग बिवाद बढ्ने योग रहेको छ । तरपनि सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिने छ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार ! [ फोटो फिचर ]
मंसिर १२, २०८१ बुधबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार
सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ
मंसिर १२, २०८१ बुधबार
३९ अंकले बढेर २७५६ मा उक्लियो नेप्से, ९ अर्ब ३१ करोडका शेयर खरिदबिक्री
मंसिर १२, २०८१ बुधबार