स्वास्थ्यको रणनीतिक योजना, सरकारी अस्पताल भएका ठाउँमा निजी अस्पताल खोल्न नदिने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १९, २०७९ सोमबार २०:४२:२४
![](https://nepalbahas.prixacdn.net/media/albums/sss_3eGX5x55LI.jpg)
१९ वैशाख, काठमाडौं । सरकारले सरकारी अस्पताल भएका ठाउँमा निजी अस्पताल खोल्न नदिने रणनीतिक योजना तयार पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारिरहेको नेपाल स्वास्थ्य क्षेत्र–रणनीति योजना ‘२०२२–२०३०’ मा सरकारी अस्पताल भएका ठाउँमा निजी अस्पताल खोल्न नदिने उल्लेख गरिएको छ ।
मन्त्रालयले हाल रणनीतिको मस्यौदा तयार पारिरहेको मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार सरकारी अस्पताल नभएका ठाउँमा मात्रै निजी अस्पताल खोल्न दिनेगरी मस्यौदा तयार भइरहेको छ । अहिले सरकारी अस्पताल भएका ठाउँमा निजी रहेको र निजी भएका ठाउँमा सरकारी पनि रहेकाले रणनीतिमा अब निजी अस्पताल खोल्दा सरकारी अस्पताल नभएको ठाउँ खोज्नुपर्ने बनाउन लागिएको हो ।
निजी अस्पतालले सरकारी अस्पताल नभएको ठाउँमा खोल्दा कर छुट दिने तथा सहुलियतसमेत दिइने व्यवस्था गर्दै मन्त्रालयले प्रत्येक नागरिकको स्वास्थ्य अवस्थामा सुधार हुने लक्ष्यसहित रणनीति तयार भइरहेको जनाएको छ । स्वास्थ्य रणनीति तयार गर्न विभिन्न विज्ञ, संघसस्था र सेवाग्राहीसँग सुझाव संकलन गरी गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ बनाउने उद्देश्यका साथ रणनीति तयार पारिरहेको मन्त्रालयको भनाई छ ।
रणनीतिमा स्वास्थ्यमा लगानी बढाइ गुणस्तर स्वास्थ्य सबैको पहुँचमा पु¥याउने,अप्रत्याशित महामारी तथा स्वास्थ्य आपत्कालीन अवस्थाबाट सिर्जित स्वास्थ्य समस्यालाई पनि रणनीतिमा सम्बोधन गर्न स्वास्थ्यमा थप लगानीको आवश्यकता रहेको पनि औल्याइएको छ । रणनीतिमा जनशक्तिको प्रक्षेपणअनुसार उत्पादन, स्वास्थ्य दक्ष जनशक्तिको परिचालन, स्वास्थ्य अनुशासन र पर्याप्त आर्थिक लगानीको सुनिश्चिता उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
सभापति लामिछानेले पढ्न रोकेपछि सहमहामन्त्रीले पढे महामन्त्री ढकालको प्रतिवेदन
असार १९, २०८१ बुधबार
सालझण्डी–ढोरपाटन सडक अवरुद्ध हुँदा घुम्न आएका पर्यटक अलपत्र
असार १९, २०८१ बुधबार
आयल निगमको नयाँ भण्डारणगृह तीव्रगतिमा निर्माण हुँदै
असार १९, २०८१ बुधबार
सोह्रखुट्टेमा सडक भासिएर बन्यो ११ फिट गहिरो खाल्टो
असार १९, २०८१ बुधबार
नेकपा एसको महाधिवेशनः १२ समूहका नेताले प्रस्तुत गरेको दस्तावेज आज अनुमोदन गरिने
असार १९, २०८१ बुधबार