“बीमा कम्पनीको व्यवसाय बढोस् र अर्थतन्त्रमा पनि योगदान पुगोस् भन्ने समितिको चाहना हो”
नेपालबहस संवाददाता
बैशाख १९, २०७९ सोमबार २१:१५:२७
१९ बैशाख, काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले मुलुकको समग्र अर्थतन्त्र र बीमकको हितमा पूँजी बृद्धिको निर्णय भएकाले एक वर्षभित्र बीमा कम्पनीहरुले चुक्ता पुँजी बढाउनै पर्ने बताएका छन् ।
बीमा समितिको आयोजनामा विहिबार (हिजो) काठमाडौंमा आयोजित बीमकको पूँजी बृद्धि सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले भने, “बीमा समितिले बीमा बजारको अध्ययन एवम् विश्लेषण गरेर पूँजी बृद्धिको निर्णय गरेको हो ।
बीमा कम्पनीको व्यवसाय बढोस् र अर्थतन्त्रमा पनि योगदान पुगोस् भन्ने समितिको चाहना हो । बीमा कम्पनीले एक वर्षभित्र चुक्ता पूँजी बढाउनै पर्छ । त्यसमा सहजीकरण गर्न बीमा समिति तयार छ ।”
पूँजी बढाउन सक्ने बीमा कम्पनीले बढाउनुपर्ने र नसक्नेले विकल्पहरु खोज्नुपर्ने उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, “मर्जरको कुरा बीमा कम्पनीहरुबाटै आएको हो, बीमा समितिले मर्जरमा जान दबाब दिएको छैन, समितिले त मर्जरमा जान बाटो खोलिदिएको मात्र हो ।
समितिले जारी गरेको जोखिममा आधारित पूँजीसम्बन्धी निर्देशिका आगामी २०८१ सालदेखि पूर्णरुपमा लागू हुन्छ र त्यसका लागि पनि थप पूँजी आवश्यक पर्नसक्छ ।”
अध्यक्ष सिलवालले भने, “बीमा कम्पनी पूर्ण क्षमतामा चल्नुप¥यो । दाबी भुक्तानी हुनुप¥यो । कम्पनीको मुनाफा बढ्नुप¥यो । देशका ग्रामीण भेगका जनतासम्म बीमाको पहुँच पुग्नु प¥यो । स्थानीय तहमा बीमाका लागि पर्याप्त स्रोत र संभावना पनि छ, त्यहाँ कम्पनीहरु जानुप¥यो । शाखा कार्यालयहरू स्रोत साधनले सम्पन्न हुनुप¥यो ।”
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले तोकिएको एक महिनाको अवधिमा करिव करिव सबै बीमा कम्पनीबाट पूँजी वृद्धिको योजना समितिमा प्राप्त भइसकेको जानकारी दिदै पूँजी बृद्धिका लागि कतिपयले हकप्रद शेयर, कतिपयले बोनश शेयर, कतिपयले मर्जर र कतिपयले समयावधि थपको विषय योजना समावेश गरेको जानकारी दिए ।
कार्यकारी निर्देशक पौडेलले बीमा कम्पनीको सङ्ख्या धेरै भए पनि बीमाप्रतिको विश्वसनीयता बढ्न नसकेको र दाबी भुक्तानीमा समस्या देखिएको औंल्याउदै बीमा बजारलाई मर्यादित, सुशासित र दीगो बनाउने उद्देश्यले पूँजी बृद्धिको निर्णय भएको बताए ।
कार्यक्रममा बीमा समितिका चार्टर्ड एकाउन्टेन्ट गोपाल पँगेनीले बीमकको पूँजी बृद्धि सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
बीमा समितिका निर्देशक दिनेश कुमार लालले संचालन गरेको कार्यक्रममा बीमा समितिका निर्देशकहरु कमलप्रसाद रेग्मी र पूजन ढुङ्गेल (अधिकारी) र सबै निर्जीवन बीमा कम्पनीका संचालक समितिका अध्यक्ष, मुख्य संस्थापक शेयरधनी तथा प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान
मंसिर २, २०८१ आइतबार
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
असोज १६, २०८१ बुधबार
बीमा दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी सम्बन्धी छलफल
असोज १५, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार
फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
मंसिर १३, २०८१ बिहिबार
मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
पेरुको मरुभूमिमा भेटियो एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष
मंसिर १३, २०८१ बिहिबार