टीकापुरमा जरोकिलोको पल्लाभारी,मेयरमा पूर्व शिक्षक राजु कुमार बिस्टको चर्चा
नेपालबहस संवाददाता
बैशाख २०, २०७९ मंगलबार २०:५२:१९
२० बैशाख, काठमाडौ। वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि देशभर मनोनयन दर्ता भएसंगैं अहिले कैलालीको पुरानो सहर टिकापुरमा पनि स्थानीय तहमा उम्मेदवारहरूको चर्चा सुरु भएको छ।
कैलालीस्थित मौलिक जरोकिलो पार्टीबाट नगरपालिकाको मेयर पदको उम्मेदवार टीकापुर विरेन्द्र विद्या मन्दिर पूर्व शिक्षक तथा युवा नेता राजु कुमार बिस्ट मेयरको उम्मेदवार बनेका छन्।
नेपालमै जरोकिलो भएका मौलिक दर्शन, सिद्धान्त, वाद, मत, प्रतिमान, प्रणाली आदिको अनुसन्धान, अवलम्बन, विकास एवं प्रवर्धन गरी नेपाललाई वास्तवमै सार्वभौमसत्तासम्पन्न, स्वतन्त्र, स्वाधीन साथसाथै संसारकै अग्रणी राष्ट्र बनाउनका लागि जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति आवश्यक परेको हुनाले मैले उम्मेदवारी दिएको बिष्टले बताएका छन्। ‘छोरा छोरीको कसम समेत खादैँ भन्छु टीकापुर नगरपालीकालाई सुबिधा सम्पन्न बनाउन हरदम,हरपल लागीरहने छु’।हाम्रो चुनाब चिन्ह कम्प्यूटर रहेको समेत नेपाल बहस संग बताए।
केन्द्रिय परिषद सदस्य धिरेन्द्र सोडारीले नेपाल बहससंग कुरा गर्दै भने, ‘निर्वाचन आयोग नामावली प्रकाशित भएसगैं मौलिक जरोकिलो पार्टी टीकापुरमा बलियो उपस्थित र रणनीतिका साथ काम गरेकाले पाचँदलीय गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र निलम्बित सांसद रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीका लागि शक्ती संघर्षको समस्यालाई जितेका हामीले चुनावी मेदानमा अन्य दलसमक्ष चुनौतीका रुपमा देखिएका छौं । जरोकिलोको पल्लाभारी पर्न सक्छ।’
नगर उप–प्रमुख हिरादेवी थारु, पाँच वडा अध्यक्ष सहित ११ जना मनोनयन गरेको छ । धेरै जनसङख्या भएको टीकापुर वडा नं। १ मा अन्य कुनै पनी दलले महिला वडा अध्यक्ष नउठाएको अवस्थामा जरोकिलोले भने महिलाको नेतृत्वमा वडा अध्यक्ष सहित उठाएको छ।
गठबन्धनबाट टीकापुर नगरपालिकाको मेयरको टिकट नवराज रावलले पाएका छन् भने एमालेको तर्फबाट मेयरको टिकट श्याम खत्रीले पाएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको घाँसे मैदान
पुष २१, २०८१ आइतबार