टर्कीका चर्चित अभिनेता दुज्यातान पोखरामा
नेपालबहस संवाददाता
बैशाख २०, २०७९ मंगलबार २१:३४:३९
२० वैशाख, कास्की। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निमन्त्रणामा सोमबार काठमाडौँ आएका विश्व चर्चित टर्कीका अभिनेता उनगिन अल्टान दुज्यातान (अर्तुग्रुल गाजी) आज पोखरा आएका छन् ।
उनलाई पोखरा विमानस्थलमा पोखरा पर्यटन परिषद्, नेपाल टुर्स एण्ड ट्राभल्स एशोसिएसन नेपाल ९नाटा० का पदाधिकारी, पर्यटन व्यवसायी तथा इस्लाम धर्मावलम्बी प्रसंशकहरुले स्वागत गरे। कोरोनापछि शिथिल बनेको नेपालको पर्यटन क्षेत्र प्रबर्धन गर्नका साथै टर्कीका पर्यटक नेपाल भित्र्याउने उद्देश्यले मन्त्रालयको निमन्त्रणमा आठ सदस्यीय टोलीको नेतृत्व गर्दै कलाकार दुज्यातान नेपाल आएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेका सहायक प्रेस संयोजक जैनव खातुनले जानकारी दिए ।
उनका अनुसार कलाकार दुज्यातान इद पर्वका अवसरमा पोखरा–१३स्थित मियाँपाटनमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्। दुईदिने पोखरा बसाइका क्रममा उहाँले यहाँका पर्यटकीय गन्तव्यहरु फेवाताल, बेगनासताल तथा सराङकोटको दृश्यावलोकन गर्ने कार्यक्रम छ । विश्व चर्चित अभिनेताको आगमनले यहाँको पर्यटन प्रबर्धनमा योगदान पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।
उनले भने, “टर्की र मथ्यपूर्वी देशका पर्यटकहरु हिमाल आरोहणलगायत साहसिक गतिविधिका लागि आउने गरेका छन् । पछिल्लो समय कोरोनापछि यहाँको पर्यटन उकालो लाग्दै आएकोे अवस्थामा चर्चित कलाकारको आगमनले यसको प्रबर्धनमा थप मद्दत पुग्ने विश्वास लिएका छौँ । ”टर्कीको ८०० वर्ष पुरानो राजनीतिक घटनामा आधारित टेलिफिल्म ‘अर्तुग्रुल गाजी’ मा दुज्यातानले मुख्य कलाकारको भूमिकामा निर्वाह गरेका छन् । सोही चलचित्रमार्फत उनी विश्वभर चर्चित भएका हुन् । सो चलचित्र विश्वका धेरै भाषामा अनुवाद गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
मच्छिन्द्रलाई हराउँदै नेपाल पुलिस क्लब विजयी
पुष २९, २०८१ सोमबार
थाइल्याण्डको मन्त्रिपरिषद्द्वारा विवादास्पद क्यासिनो विधेयक पारित
पुष २९, २०८१ सोमबार
यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल ९ रनले पराजित
पुष २९, २०८१ सोमबार
ट्रम्पको पुनरागमन पूर्व इरान र युरोपेली शक्तिबीच आणविक वार्ता हुने
पुष २९, २०८१ सोमबार
भारतले सोधपुछका लागि बङ्गलादेशका उप उच्चायुक्तलाई बोलायो
पुष २९, २०८१ सोमबार