जमिनमा मौसम अनुसार हेलिकप्टरबाट बिउ, छर्ने र हेलिकप्टरबाटै सिँचाइ, उम्मेदवार को हुन्
नेपालबहस संवाददाता
बैशाख २०, २०७९ मंगलबार २२:५२:६
२० वैशाख, काठमाडौं।कृषिलाई महत्वपूर्ण प्राथमिकतामा राखी भैंसी र बख्रालाई समेत अस्पतालमा सुत्केरी हुने ब्यबस्था मिलाई दिने सथै अचम्म वा असम्भव के भनौ घोपण पत्रमा उल्लेख छ। तपाईलाई लाग्न सक्छ यो कुनै फिल्मको डाईलग हो ।भागेश्वर गाउँपालिकाको खेतीयोग्य जमिनमा मौसम अनुसार हेलिकप्टरबाट बिउ, छर्ने र हेलिकप्टरबाटै सिँचाइको व्यवस्था मिलाइनेछ घोषण पत्रमा प्रथामीकताका साथ उल्लेख छन ।यस्तै ३६५ दिन नै दशै मनाउने वाताबरण मिलाउने, टप्वाको डाँडादेखि भागेश्वरको मन्दिरसम्म केबुलकार चलाउने उनको घोषणा छ ।३० वैशाखमा हुने स्थानीय तहका उम्मेदवारको प्रतिवद्धता पत्र हो । जुन सामाजिक सञ्जालमा भाइरल छ।
यो प्रतिबद्धता पत्र डडेल्धुराको भागेश्वर गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका खडक ठकुराठीको हो ।
‘हर हर ठकुराठी, घर घर ठकुराठी’ को नारासहित पुतली चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका ठकुराठी सशस्त्र प्रहरी बलको अवकाशप्राप्त कर्मचारी हुन् । ‘२०५१ सालमा मैले प्रहरीमा जागिर सुरु गरेँ, त्यसपछि सशस्त्र प्रहरीमा गएँ’ ठकुराठी भन्छन् ‘सशस्त्र द्वन्द्वको क्रममा प्युठानमा आक्रमणमा पर्दा खुट्टामा गोली लाग्यो ।
उनले ८ वर्षअघि सशस्त्र प्रहरी बलबाट अवकाश लिएका थिए । अशक्तताकै अवस्थामा सशस्त्र प्रहरी बलले उनलाई सञ्चार सम्बन्धी तीन महिने तालिम दियो । उनी भन्छन् ‘मेरो तालिम प्रमाण पत्रमा इन्जिनियर खडक ठकुराठी लेखेको छ, म इन्जिनियरिङ पठाइ गरेको मान्छे होइन ।’
प्रतिबद्धता पत्रमा उनले हेलिकप्टरबाट बिउ छर्ने र सिँचाइ गर्ने कुरा मात्रै गरेका छैनन्, गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा नदी महाकालीमा चार वर्षभित्र नेपाली झण्डाबाहक पानी जहाज चलाउनेसमेत उल्लेख गरेका छन् ।
गाउँपालिकालाई दुई वर्षभित्रमा नगरपालिका घोषणा गर्ने र बेरोजगार युवालाई भत्ताका साथै सीपमूलक तालिम प्रदान गर्ने उनको प्रतिबद्धता पत्रमा उल्लेख छ ।
पढ्दा र सुन्दा ‘हावादारी गफ’ लागेका यी प्रतिबद्धता सबै पूरा गर्न सक्ने ठकुराठीको दाबी छ ।
उनी स्पष्ट पार्दै भन्छन् ‘नाङ्गा डाँडामा सिजन अनुसार बोटबिरुवाको बिउ छरेर डाँडाहरुलाई हरियाली बनाउने भनेको हुँ ।’
उनी बिउ छर्ने काम पनि आफूले नगर्ने बताउँछन् । भन्छन्, ‘मैले गर्ने होइन, राज्यले गर्ने हो ।’
४४ वर्षीय ठकुराठी हाल डडेल्धुरा जिल्ला सदरमुकाममा इलेक्ट्रोनिक्स सामान मर्मतको काम गर्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
यस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान
पुष १९, २०८१ शुक्रबार
एकै परिवारद्वारा एक वर्षमा ३४ लाखको अलैँची उत्पादन
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको घाँसे मैदान
पुष २१, २०८१ आइतबार