एआईजीमा पौडेलको बढूवा सिफारिस, भावी नेतृत्वको लागि डीआईजी दाहालको छड्के नजर
नेपालबहस संवाददाता
बैशाख २१, २०७९ बिहिबार ३:५४:५
२१ बैशाख, काठमाडौं । गृहमन्त्रालयले सशस्त्र प्रहरी बलका डीआईजी नारायणदत्त पौडैललाई एआईजी बढुवाका लागि सिफारिस गरेको छ । सशस्त्रमा रिक्त दुई एआईजी पदमा एक जनाको मात्र बढुवा सिफारिस गरिएको हो । वरियतामा अघि रहेका डीआईजी पौडेल एआईजीमा बढुवा सिफारीस गरिएपछि अझै एक पद रिक्त भएको छ ।
गृह मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले पौडेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । पौडेललाई तीन वर्षपछि आईजीपी बनाउने गरी अहिले एआईजी बढुवा गरिएको हो । एआईजीको बढुवाका लागि चार जना डीआईजीले आवेदन दिएका भएपनि उनीहरु मध्ये एकजनालाई मात्रै सिफारिस गरिएको छ ।
डीआईजी पौडेलसहित चन्द्रप्रकाश (सीपी) गौतम, वंशीराज दाहाल र किशोर प्रधानले एआईजी बढुवाका लागि आवेदन दिएका थिए । त्यसमध्ये गौतम आईजीपीकै दावेदार थिए । तर उनलाई एआईजीमा पनि बढुवा गरिएन । उनको स्थानमा वंशी दाहालले दावी गरिरहेका छन् । दाहाल आफैमा विवादित पात्र भएपनि बढुवाका लागि आवेदन दिएका थिए ।
तत्कालिन सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी र अर्का एआईजी रामशरण पौडेलले आइतबार अवकास पाएका थिए । केसीको ठाउँमा एआईजीमा बढुवा भएका राजु अर्याललाई सरकारले सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । अर्याल र पौडेलको रिक्त एआईजी पदमा बढुवाको सूचना जारी गर्दा दाहाल र प्रधानले पनि आवेदन हालेका थिए ।
अव हुने एआईजीका लागि गौतम र दाहाल मध्ये एक जना एआईजी हुनेछन् । अर्याल र पौडेलले १८ चैत २०५४ मा नेपाल प्रहरीमा निरीक्षकका रुपमा सेवा थालेका थिए । अर्याल चार वर्ष आईजीपी भएर पदावधिका अवकाशमा गएपछि पौडेल अझै सेवा अविधका कारण संगठनमा रहनेछन् । दाहालले पनि आगामी नेतृत्वका लागि दावी गर्दै आवेदन दिएको स्वतः बुझिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’
माघ ३, २०८१ बिहिबार
अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित
माघ ३, २०८१ बिहिबार
पाकिस्तानसँग बलियो रक्षा सम्बन्ध बनाउँदै बंगलादेश, भारतलाई कस्तो असर पर्ला ?
माघ ३, २०८१ बिहिबार
आफ्ना मन्त्रीहरुलाई कांग्रेसले छलफलका लागि बोलायो, संसदीय दलको बैठक पनि बस्दै
माघ ३, २०८१ बिहिबार