एमसीसी भन्दा ठूलो अनुदान सम्झौतामा हस्ताक्षर
नेपालबहस संवाददाता
बैशाख २२, २०७९ बिहिबार २०:३६:४५
२२ बैशाख ,काठमाडौं।अमेरिकी सहयोग नियोग युएसएड र अर्थ मन्त्रालयबीच अनुदान सहयोग पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा मन्त्रालयलका सहसचिव इश्वरीप्रसाद अर्याल र युएसएड नेपालका म्यानेजर सेपिध किवान्सले हस्ताक्षर गरेका छन् ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी संसदबाट स्वीकृत भएसँगै अमेरिकाले ठूलो अनुदान दिएको हो। निकै राजनीतिक उतारचढावबीच एमसीसी संसदबाट पारित भएको थियो। यसपछि अमेरिकी सहयोग नियोग युएसएड बाट नेपालमा दिइने अनुदानको सीमा बढाइएको छ ।
युएसएडले ६ सय ५९ मिलियन अमेरिकी डलर ९७९ अर्ब ७१ करोड रुपैयाँ नेपाल सरकार समक्ष सहयोग प्रस्ताव गरेको थियो। यो प्रस्ताव मन्त्रिपरिषद्को चैत ३० को बैठकले स्वीकृत गरेको थियो ।
विशेषगरी यो रकम शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधारमा खर्च गरिनेछ । यस्तै, विद्यालय निर्माण, कृषि सुधारलगायत विभिन्न क्षेत्रमा खर्च गरिनेछ ।
वर्तमान सरकार गठन भएपछि कम मात्रै वैदेशिक सहायता आइरहेको अवस्थामा यसलाई ठूलो सफलताको रूपमा हेरिएको छ। स्रोतका अनुसार एमसीसी पारित भएपछि अमेरिकाले नेपाललाई दिने अनुदान रकम बढाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको घाँसे मैदान
पुष २१, २०८१ आइतबार