नेपालबहस संवाददाता
बैशाख २३, २०७९ शुक्रबार १७:४:४७
२३ बैशाख,काठमाडौं । आज शुक्रवारबाट दुई नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘लक्का जवान’, ‘षट्कोण’ र हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज( २’ प्रदर्शनमा आएका हुन् ।
फिल्म ‘लक्का जवान’ हाँस्यकलाकार शिवहरी पौडेलले निर्देशन गरेका हुन्। पौडेलले यसै फिल्ममार्फत निर्देशनमा डेब्यू गरेका हुन् । फिल्ममा किरण केसी, दिलीप रायमाझी र शिवहरी पौडेल कार्यकारी निर्माता छन्। फिल्ममा किरण केसी, दिलीप रायमाझी, शिवहरी पौडेल, वर्षा सिवाकोटी, प्रियंका कार्की, मदनकृष्ण श्रेष्ठ, जयन्द लामा, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको जनाएको छ ।
साइकोलोजिकल थ्रिलर फिल्म ‘षट्कोण’ मिलन डि काप्रीको निर्देशन रहेको छ। काप्रीले पनि ‘षट्कोण’मार्फत निर्देशनमा डेब्यू गरेका हुन्। फिल्ममा कार्म शाक्य, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेमको अभिनय रहेको छ ।
हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज स् इन द मल्टिभर्स अफ म्याडनेस’ पनि प्रदर्शनमा आएको छ। काल्पनिक संसारमा प्रवेश गरेपछि डक्टर स्ट्रेन्जले खेप्नुपर्ने चुनौती दोस्रो सिरिजको कथावस्तु हो। साम रेइमी निर्देशित यस फिल्ममा बेनेडिक्ट कम्बरब्याच, एलिजाबेथ ओल्सेन लगायतका कलाकारहरूको अभिनय छ । डक्टर स्ट्रेन्ज ‘२’को तुलनामा दुई नेपाली फिल्मले नेपाली मल्टिप्लेक्स हलमा न्यून शो पाएको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
पुष १८, २०८१ बिहिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको घाँसे मैदान
पुष २१, २०८१ आइतबार