पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गोली प्रहार गर्ने युवक पक्राउ
आबिद हुसेन
बैशाख २३, २०७९ शुक्रबार १७:४६:२
२३ बैशाख, वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ औराहामा स्थानीय मंगल बहादुर ब्लोनको घरमा गोली प्रहार एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा औराहाकै २२ वर्षिय सल्टु महत्तो रहेका छन् । महत्तोलाइ प्रहरीले शुक्रबार बिहान ८ बजे उनकै घरबाट बन्दुक सहित पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
महत्तोको घरबाट एक नाले १२ बोरको बन्दुक पनि बरामद गरिएको खनालले बताए । पक्राउ परेका महत्तोलाइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको उनले बताए ।
गोली प्रहार गर्नुको यकिन कारण खुल्न नसकेपनि चुनावमा स्थानीयवासीलाइ त्रसित पार्न र व्याक्तिगत रिसबी फेर्न महत्तोले गोली चलाएको हुन सक्ने प्रहरीको अनुमान छ ।
सखुवा प्रसौनी गाँउपालिका १ औराहा स्थित जंगल छेउ रहेको स्थानीय मंगल बहादुर ब्लोनको घर लक्षित गरि बिहीबार राति ९ बजे तिर महत्तोले १२ बोरको बन्दुकबाट ३ राउण्ड गोली प्रहार गरेका थिए ।
महतोले प्रहार गरेको गोलीले ब्लोनको घरको बाँसको टाटी छेडेर घर भित्र रहेको चामलको बोरामा कटुवा पेस्तोलको गोलीको टुक्रा भेटिएको थियो ।
बलोनको घर नजिकै नेपाल सुशासन पार्टीको चुनावी भोज चलिरहेको र नजिकै स्थानीय समुदायको अर्को बैठक चलिरहेका बेला गोली चलेको स्थानीयवासीले बताएका थिए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपपछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
एसएसपी बढुवाका लागि चरम राजनीतिक लविङ
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार