प्रधानमन्त्रीपत्नी आरजुको पैसा नपठाउने अभिव्यक्ति विवादमा, आयोगले स्पष्टीकरण सोध्ने
नेपालबहस संवाददाता
बैशाख २३, २०७९ शुक्रबार १९:५१:३४
२३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकीप्रधामन्त्रीपन्ती आरजु राणा देउवाको अभिव्यक्ति विवादमा तानिएको छ ।
उनले बिहीबार डडेलधुरामा सम्बोधन गर्दै कांग्रेसले नजितेका पालिकामा बजेट नपठाउने भन्दै पैसा पाउन मतदाताले कांग्रेस उम्मेदवारलाई मतदान गर्नुपर्ने बताएकी थिइन् ।
निर्वाचन आयोगले कांग्रेस केन्द्रीय सदस्य राणालाई उक्त अभिव्यक्तिबारे स्पपष्टीकरण सोध्ने तयारी गरेको जनाएको छ । आयोगले उनको यो अभिव्यक्तिलाई ‘नोटिस’मा राखेको जनाएको छ ।
समाजिक सञ्जालमा समेत आरजुको अभिव्यक्तिको चर्को अलोचना भइरहेको छ । प्रधानमन्त्रीपत्नी भएको हैसियतमा कांग्रेस हारेका पालिकालाई बजेट नदिने भन्ने अधिकार उनलाई नभएको टिप्पणी भइरहेका छन् ।
राणाले बिहीबार डडेलधुरा पुगेर कांग्रेसले मेयर नजितेका पालिकामा बजेट नपठाइने चेतावनी दिएकी थिइन् । “जहाँ कांग्रेसको मेयर हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौँ ?,’ उनले भनेकी थिइन्, “यो कुरा ध्यान दिएर करुवासरुवा पार्टीलाई भोट नहाल्नूस् ।”
उक्त अभिव्यक्ति निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै आयोगले नोटिसमा राखेको हो । उनको अभिव्यक्ति आयोगको नोटिसमा राखेर अध्ययन भइरहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
शीतलहर र हुस्सुले जनजीवन प्रभावित
पुष २१, २०८१ आइतबार
ढुम्बा तालमा जमेको बरफ
पुष २१, २०८१ आइतबार
नेपाल आमाको मूर्ति निर्माणका लागि घरदैलो अभियान
पुष २१, २०८१ आइतबार
जलपन्छी अवलोकन गर्दै विद्यार्थी
पुष २१, २०८१ आइतबार
चिसोबाट बच्न मुढा बालेर आगो ताप्दै
पुष २१, २०८१ आइतबार