के तपाई फेसबुकको समय सजिलै व्यवस्थापन गर्न चाहानुहुन्छ ?
नेपालबहस संवाददाता
बैशाख २३, २०७९ शुक्रबार २०:३६:३
२३ बैशाख,काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले गोप्य फिचर ल्याएको छ । यो फिचरको प्रयोगले अब सजिलै समाप्त हुनेछ तपाईको खराब बानी ।
सामाजिक सञ्जाल फेसबुक आफैंमा नकारात्मक मिडिया होइन। यसलाई प्रयोग गर्ने कर्ताहरूको मानसिकता नकारात्मक भएकाले सामाजिक सञ्जाल फेसबुकको दुरुपयोगका कारण कारण कतिपय मानिसका जिन्दगी नै अस्तव्यस्त हुन पुगेका छन् ।
हरेक चिजको लत भएसम्म त्यसले मानिसको जीवनमा खासै असर पार्दैन तर कुलतको रूप धारण गरेपछि त्यसले केही मानिसको जिन्दगी नै बर्बाद हुने गरेको छ । फेसबुक दुरुपयोगले लत हैन, कुलतकै रूप लिइरहेको छ। फेसबुकको अति प्रयोगले मान्छेले आफन्त, साथीभाइ र नातेदार बिर्संदै गएको छ ।
बाहिरी व्यक्तिसँग नजिक र समाजका मानव–मानवबीच दूरी बढाएको छ। प्रकृतिमा रमाउने मानिस भौतिक संसारमा हराइरहेको र प्रकृतिलाई बिर्संदै गएको छ। फेसबुकको ‘क्वाइट मोड’’ करिब दुई वर्षअघि सुरु भएको थियो तर अझै धेरैलाई यसको बारेमा थाहा छैन।
यो फिचर सामाजिक सञ्जालबाट टाढा रहन डिजाइन गरिएको हो। क्वाइट मोड अर्थात शान्त मोडले अतिरिक्त सूचनाहरू म्युट गर्ने र एपमा तपाईंको समय सीमित गर्ने लगायत धेरै कुराहरू गर्छ ।
यो फेसबुक एपको यस्तो फिचर हो, जसको माध्यमबाट तपाईले आफ्नो फेसबुकको समय सजिलै व्यवस्थापन गर्न सक्नुहुनेछ।आउनुहोस् हामी तपाईंलाई यो सुविधा कसरी प्रयोग गर्न सकिन्छ र तपाइँ कसरी आफ्नो समय बर्बाद हुनबाट बचाउन सक्नुहुन्छ भनी बताउनेछौं।
१. आफ्नो फेसबुक एप खोल्नुहोस् र दाहिने छेउमा बनाइएको ह्याम्बर्ग आइकनमा क्लिक गर्नुहोस् ।
२. अब तल स्क्रोल गर्नुहोस् र तल दिइएको सेटिङ्ग्स एण्ड प्राइभेसी (settings and privacy) विकल्पमा जानुहोस् र त्यसपछि सेटिङ्ग्समा क्लिक गर्नुहोस् ।
३. यहाँ तपाईंले प्रिफरेन्सेजको (preferences)खण्ड देख्नुहुनेछ जहाँ तपाईंले फेसबुकमा ‘योर टाइम अन फेसबुक’ लेखिएको देख्नुहुनेछ, जब तपाईंले यसमा क्लिक गर्नुहुन्छ, तपाईंले धेरै विकल्पहरू देख्नुहुनेछ ।
४. यहाँ दिइएको सि टाइम (see time) विकल्पमा क्लिक गरेर तपाईले फेसबुकमा कति समय खर्च गर्नुभएको छ भनेर थाहा पाउन सक्नुहुन्छ।
५.अब तपाइँ ‘आफ्नो समय व्यवस्थापन गर्नुहोस्’ (manage your time)मा क्लिक गर्नुहोस्, जहाँ तपाइँले क्वाइट मोड (schedule mode) देख्नुहुनेछ, यसलाई अन गर्नुहोस्, यदि तपाइँ चाहनुहुन्छ भने, तपाइँ शेड्यूल क्वाइट मोड मा गएर तपाइँको समय तालिका पनि गर्न सक्नुहुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने
बैशाख २२, २०८१ शनिबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार
गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
बैशाख २२, २०८१ शनिबार
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
बैशाख २२, २०८१ शनिबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार