काठमाडौंमा पाँच दलीय गठबन्धनको चुनावी सभा शुरू, आचारसंहिता उल्लंघन गरेको आरोप
नेपालबहस संवाददाता
बैशाख २३, २०७९ शुक्रबार २१:१०:२१
२३ वैशाख, काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको आह्वानमा शुक्रवार काठमाडौंमा चुनावी सभा शुरू भएको छ । काठमाडौंको रत्नपार्कमा आयोजित चुनावी सभालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताले सम्बोधन गर्दैछन् ।
केहीले सत्तारुढ पाँच दलीय गठबन्धनले शुक्रबार निर्वाचन आचारसंहित, २०७८ को उल्लघंन गर्दै राजधानी काठमाडौंमा सभाको आयोजना गरेको आरोप पनि लगाएका छन् । वैशाख ३० गतेको स्थानीय निर्वाचनलाई लक्षित गरी आज रत्नपार्क र शान्तिवाटिकाको बीच सडकमा पाँच दलले सभाको आयोजना गरेका छन् ।
सभालाई पाँच दलिय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाका शिर्ष नेताले सम्बोधन गर्दैछन् ।
अहिले कार्यक्रमको मञ्चमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरकी उम्मेदवार सृजना सिंह लगायतका नेताहरु रहेका छन् ।
निर्वाचन आचारसंहितामा सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै पनि किसिमको आमसभा, कोणसभा, भेला गर्नन हुने उल्लेख गरिएको छ । तर पाँच दलीय गठबन्धनले मुल सडक नै अवरुद्ध गरेर सभाको आयोजना गरेका छन् ।
‘सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने,’ निर्वाचन आचारसंहिता, २०७८ को परिच्छेद २ को दफा ४ को ‘झ’ मा स्पष्ट शब्दमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपा केन्द्रीय समिति बैठक आज पनि
पुष २१, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
जलपन्छी अवलोकन गर्दै विद्यार्थी
पुष २१, २०८१ आइतबार
चिसोबाट बच्न मुढा बालेर आगो ताप्दै
पुष २१, २०८१ आइतबार
ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
एनआइसी एसिया लघुवित्तले यसपटक सेयरधनीलाई लाभांश नदिने
पुष २१, २०८१ आइतबार