सर्वोच्चले दिएन आलमलाई थुनामुक्त गर्ने आदेश
नेपालबहस संवाददाता
बैशाख २३, २०७९ शुक्रबार २१:५८:३
२३ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले रौतहटमा भएको बम विस्फोटका अभियुक्त मोहम्मद अफताब आलमलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।
आलमको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले रिहाइको आदेश दिन अस्वीकार गरेको हो ।
सर्वोच्च अदालतले शुक्रबार आलमको रिटमा सुनुवाइ गर्दै रौतहट जिल्ला अदालतको आदेश सदर गरेको छ । जिल्ला अदालतको आदेशविरुद्ध उनी उच्च अदालत जनकपुरको वीरगन्ज अस्थायी इजलासमा पुगेका थिए । उक्त इजलासले पनि जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश सदर गरेको थियो ।
जिल्ला र उच्च अदालतको आदेश उल्ट्याइ साधारण तारेखमा छाड्ने आदेश माग्दै आलम सर्वोच्च अदालत पुगेका थिए । कांग्रेसका सांसदसमेत रहेका आलमलाई २०६४ चैत २७ गते संविधानसभा निर्वाचनपूर्व बम विस्फोट गराएको र घाइतेहरूलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोप छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
शीतलहर र हुस्सुले जनजीवन प्रभावित
पुष २१, २०८१ आइतबार
ढुम्बा तालमा जमेको बरफ
पुष २१, २०८१ आइतबार
नेपाल आमाको मूर्ति निर्माणका लागि घरदैलो अभियान
पुष २१, २०८१ आइतबार
जलपन्छी अवलोकन गर्दै विद्यार्थी
पुष २१, २०८१ आइतबार
चिसोबाट बच्न मुढा बालेर आगो ताप्दै
पुष २१, २०८१ आइतबार