वीरगंज उपमेयरकी स्वतन्त्र उम्मेदवार मिश्राद्वारा चुनावी संकल्प पत्र सार्वजनिक
आबिद हुसेन
बैशाख २४, २०७९ शनिबार १९:२८:१६
२४ बैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरकी उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी रम्भा मिश्राले शुक्रबार संकल्प पत्र सार्वजनिक गरेकी छन्।
उनले वीरगञ्जमा पत्रकार सम्मेलन गरी छात्रालाई आत्मरक्षा तालिमसहित गुडिया योजनामा छोरीका लागि २० हजारको मुद्दती खातासम्म समेटिएको संकल्प पत्र सार्वजनिक गरेकी हुन्।
उनले सार्वजनिक गरेकी संकल्प पत्रमा महिला सशक्तिकरणका लागि सीपमूलक तालिमको आयोजना, महानगरका वडाका पाँच सय महिलालाई अभिरुचिअनुसार सीपमूलक तालिम, घरेलु उद्योग सञ्चालन गर्न अनुदानको व्यवस्था गरी उत्पादित वस्तुलाई बजारीकरणमा सहयोग गर्ने उल्लेख छ।
यस्तै गरिब, दलित तथा अति विपन्न परिवारका छोरीको विवाहका लागि आवश्यक सहयोग, महिला हिंसा, घरेलु हिंसा, दाइजो प्रथा बालविवाह अन्त्यका लागि अभियानमार्फत सचेतना फैलाइने, महिला जनशक्तिको परिश्रमिकलाई पुरुषसरह बनाई एकरुपताको लागि पहल गरिने उक्त संकल्प पत्रमा जनाइएको छ।
आत्मसुरक्षाका लागि छात्रालाई तालिमको व्यवस्था गर्ने, गरिब, दलित, विपन्न छात्रालाई उच्च शिक्षाका लागि विशेष छात्रवृत्तिको व्यवस्था गर्नेलगायत प्रतिबद्धता भएको संकल्प पत्र मिश्राले सार्वजनिक गरेकी हुन्। लोकतान्त्रिक समाजवादी पार्टीकी नेत्री मिश्रालाई उनको पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उपमेयरमा उम्मेदवारी दिएकी हुन्।
मूलधारका राजनीतिक दलहरुले मधेश प्रदेशकै एक मात्र महानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनको नाममा महिलाहरुको संवैधानिक सुनिश्चिततालाई कुण्ठित पारेको उनले उल्लेख गरिन् ।
देशमा भएका थुप्रै व्यवस्था परिवर्तनले अवस्थालाई परिवर्तन गर्न नसकेको बताउँदै उनले व्यवस्था परिवर्तनका लागि गुलाफ चिन्ह् मतदान गरि आफूलाई विजयी बनाउन आग्रह गरेकी छन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार