बारामा अत्याधुनिक पेस्तोल र गोलीसहित दुई भारतीय पक्राउ
आबिद हुसेन
बैशाख २४, २०७९ शनिबार १९:३९:५७
२४ बैशाख, बारा । बाराको सिम्रौनगढबाट अत्याधुनिक हतियारसहित दुई भारतीय पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका ९ बसवरीयादेखि कचोर्वा जाने सडकबाट शनिबार बिहान १० बजे सशस्त्र प्रहरीले अटोमेटिक चाइनीज पेस्तोल, म्याग्जीन र गोलीसहित दुई भारतीय युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारतको बिहार प्रान्तको मोतीहारी जिल्लाका २३ वर्षीय पप्पुकुमार यादव र बिहारकै भेलावाका २२ वर्षीय अकलेशकुमार सिंह रहेका छन् ।
सिमावर्ती भारतीय गाँउबाट मोटरसाइकलमा सवार भई नेपाल प्रवेश गरेका दुवै जनालाई सशस्त्र प्रहरीले रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट चाइनिज पेस्तोल १ थान , त्यसमा लाग्ने २ राउण्ड गोली , १ थान म्याग्जनी २ थान , कटुवा पेस्तोल १ थान र त्यसको दुई राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
पेस्तोल र गोलीसहित पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपराजश्वको इमाडोलमा छापा, चिनियाँ नाकाबाट आएको करोडौंको भेप बरामद
पुष २८, २०८१ आइतबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
माघ ३, २०८१ बिहिबार
‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’
माघ ३, २०८१ बिहिबार
अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित
माघ ३, २०८१ बिहिबार
पाकिस्तानसँग बलियो रक्षा सम्बन्ध बनाउँदै बंगलादेश, भारतलाई कस्तो असर पर्ला ?
माघ ३, २०८१ बिहिबार