उम्मेदवारको पहिलो प्राथमिकता पूर्वाधार निर्माणमा
नेपालबहस संवाददाता
बैशाख २५, २०७९ आइतबार १७:२६:२२
२५ वैशाख, म्याग्दी । म्याग्दीका स्थानीय तह निर्वाचनका उम्मेदवारहरूले पूर्वाधार निर्माणलाई प्राथमिकता राखेका छन् । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका उम्मेदवारहरुले सडक, खानेपानी, सिँचाइ, नदी नियन्त्रण, विद्युतीकरण र भवन निर्माणसम्बन्धी योजनालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका हुन् । जिल्लाका छ स्थानीय तह र ४५ वडामा निर्वाचित हुने २३५ पदका लागि ७१८ जना चुनावी प्रतिस्पर्धामा छन् ।
अधिकांश उम्मेदवारले पालिकाको केन्द्रदेखि वडाको कार्यालय रहेको बस्ती जोड्ने सडक कालोपत्र गर्ने र बाह्रै महिना यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् । अघिल्लो चुनावमा पनि उनीहरूले सडककै मुद्दालाई प्राथमिकता दिएका थिए । विकासका अन्य क्रियाकलापका लागि आवश्यक पर्ने भएकाले सडकलाई प्राथमिकता दिएको धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेकपा .एमाले०को तर्फबाट उम्मेदवार बनेकी थमसरा पुनले बताएकी छिन। उनी यसअघिको चुनावमा पनि पालिका अध्यक्षमा निर्वाचित भएकी थिईन।
“अनुभव, कानुन र कर्मचारी अभावका बाबजुद पहिलो कार्यकालमा छ वटा वडालाई सडकले जोड्न र पूरै पालिकाभर विद्युत् विस्तार गर्ने लगायत धेरै काम गर्न सफल भएका छौँ”, उनले भनिन, “बाढीपहिरा र कोरोना महामारीका कारण पहिलो कार्यकालमा भनेजति काम गर्न सकेनौँ । सुरु गरेका कामलाई पूर्णता दिन, घोषणापत्रअनुसार नयाँ योजना तथा कार्यक्रम सञ्चालन गर्न र महिला आन्दोलनलाई अघि बढाउन मेरो उम्मेदवारी हो ।”
गठबन्धनका तर्फबाट कांग्रेसबाट अध्यक्षका उम्मेदवार प्रेमप्रसाद पुनले भौगोलिकरूपमा विकट रहेको धवलागिरिको सम्भावनालाई विकासमा रुपान्तरण गर्ने, रोजगारी सिर्जना गराउने, विकास निर्माणलाई पारदर्शी र जनसहभागितामूलक बनाउँदै सुशासन कायम गर्ने मुद्दामा जोड दिने बताएका छन । “विकट भए पनि जलविद्युत्, पर्यटन, जडीबुटी, पशुपालन र कृषि क्षेत्रमा यस पालिकाको सम्भावना छ”, उनले भने, “युवा परिचालन गरेर यहाँको सम्भावनालाई विकासमा रुपान्तरण गर्ने मेरो लक्ष्य छ ।”
एमालेका उपाध्यक्षका उम्मेदवार प्रगति कार्कीले सामाजिक रुपान्तरण, शिक्षा, स्वास्थ्यको गुणस्तर सुधार, पर्यटन प्रवद्र्धन, जडीबुटी, खनिजलगायतका सम्भावनाको अध्ययन गरी रोजगारी सिर्जना गराउन प्राथमिकता दिने बताएकी छिन।
गठबन्धनबाट उपाध्यक्षको उम्मेदवार बनेका माओवादी केन्द्रका रेशम पुनले युवा जागरण र परिचालनमार्फत सामाजिक रुपान्तरण, दिगो विकास, सेवा प्रवाहमा विभेदको अन्त्य, रोजगारी सिर्जना गराउन प्राथमिकता दिने बताए। युवालाई चाहना र क्षमताअनुसार सीप, पूँजी र प्रविधिमा सघाएर स्वरोजगार बनाउने योजना सुनाए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश दिने
पुष २९, २०८१ सोमबार
मच्छिन्द्रलाई हराउँदै नेपाल पुलिस क्लब विजयी
पुष २९, २०८१ सोमबार
थाइल्याण्डको मन्त्रिपरिषद्द्वारा विवादास्पद क्यासिनो विधेयक पारित
पुष २९, २०८१ सोमबार
यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल ९ रनले पराजित
पुष २९, २०८१ सोमबार