हामी गठबन्धनका साझा उम्मेदवारलाई जिताउँछौँ : पेट्रोलियम र ढुवानी व्यवसायी
नेपालबहस संवाददाता
बैशाख २५, २०७९ आइतबार १८:२:३०
२४ बैशाख, वीरगञ्ज । वीरगञ्ज पेट्रोलियम डिलर्स एसोसीएसन पर्सा र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी संघ पर्साले पनि गठबन्धनका उम्मेदवारलाई समर्थन गरेका छन् ।
वीरगञ्जको भिस्वा होटेलमा आयोजित स्थानीय चुनाव परिचयात्मक कार्यक्रमका अवसरमा दुवै संघका पदाधिकारी एवम् सदस्यहरुले ५ दलीय गठबन्धनबाट मेयरका उम्मेदवार राजेशमान सिंह र उपमेयरका उम्मेदवार इम्तियाज आलमलाई समर्थन जनाएका हुन् ।
कार्यक्रममा महानगरपालिकाका निवर्तमान मेयर विजय सरावगीले बढाएको करलाई घटाउन पेट्रोलियम र ढुवानी व्यवसायीहरुले आग्रह गरेका थिए । महानगरले प्रत्येक क्षेत्रमा बढाएको करले व्यसायीहरु पिडित रहेको बताउँदै त्यस्ता सम्पूर्ण करहरुको पुनरावलोकन गर्नुपर्ने उनीहरुको भनाई थियो ।
व्यवसायीहरुको गुनासोलाई सम्बोधन गर्दै गठबन्धनबाट मेयरका साझा उम्मेदवार राजेशमान सिंहले वीरगञ्जको मुहार परिवर्तन गर्नका लागि गठबन्धनले जित्नुको विकल्प नरहेको बताए । सुन्दर र समृद्ध एवम् सफा र स्वच्छ वीरगञ्जका लागि पवित्र गठबन्धन भएको हुँदा प्रतिगमनलाई परास्त गर्नुपर्नेमा सिंहको जोड छ ।
उनले यही बैशाख ३० गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गरेर अत्यधिक मतका साथ विजयी बनाउन आग्रहसमेत गरेका छन् ।
मेयरमा छाता र उपमेयरमा रुख चिन्हमा मतदान गर्न सिंहले आग्रह गरेका हुन् । उनले ढुवानी व्यवसायी एवम् डिलर्स व्यवसायीहरुका समस्याहरुलाई समाधानका लागि विभिन्न किसिमका योजनाहरु ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । व्यवसायीहरु करको मारमा परेको उल्लेख गर्दै सिंहले करलाई पुनरावलोकन गरेर दर घटाइ दायरा बढाइने बताएका छन् ।
वीरगञ्ज पेट्रोलियम डिलर्स एसोशियशन पर्साका अध्यक्ष विनोद चौरसिया र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी संघ पर्साका अध्यक्ष मनोज दासको संयुक्त सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका उपमेयरका उम्मेदवार इम्तियाज आलम, नेपाली कांग्रेसका नेता श्याम पोखरेल लगायतका नेता एवम् कार्यकर्ताहरुसँगै पेट्रोल व्यवसायी र ढुवानी व्यवसायीहरुको उपस्थिती रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार