उम्मेदवारसँग सडक र शिक्षामा सुधार माग्छन् कोञ्जेसोमवासी
नेपालबहस संवाददाता
बैशाख २५, २०७९ आइतबार २१:१८:१४
♦ सञ्चिता घिमिरे
२५ बैशाख ,ललितपुर । आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा ललितपुरको दक्षिणी भेगको कोञ्जेसोम गाउँपालिकामा निर्वाचनको रौनक छाएको छ ।गाउँका अधिकांश घरमा राजनीतिक दलका झण्डा देखिन्छ भने चिया पसल, दूध डेरीलगायत नागरिकको जमघटमा निर्वाचनमा कसले जित्ला वा कसले जित्नुपर्छ भन्ने नै प्रमुख विषयवस्तु बनेको छ । काठमाडौं उपत्यकाबाट नजिक भएर पनि भौतिक विकास र सामाजिक विकासका दृष्टिले यो पालिका पछाडि रहेको छ ।
खासगरी तामाङलगायत जनजातिको बाहुल्यता रहेको गाउँपालिकामा शिक्षा क्षेत्रमा खासै विकास हुन सकेको छैन । निर्वाचन नजिकिँदै गर्दा यहाँका स्थानीयवासी (मतदाताले) सडकको विकास हुनुपर्ने, सुविधासम्पन्न अस्पताल र कृषिमा सहयोगका विषयमा उम्मेदवारसँग माग गरिरहेका छन् ।
कोञ्जेसोमकी सिर्जना लामा उम्मेदवारले शिक्षाको विकासलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएकी छिन । पालिकाका पाँच वडामध्ये तीन वडामा बालबालिका विद्यालय गए पनि बीचमा नै छाड्ने गरेको र अभिभावकमा पनि छोराछोरी पढाउनुपर्छ भन्ने सोचाइ नरहेको बताइन्। कक्षा ४/५ पुग्दासम्म धेरै बालबालिका पढाइ छाडेर काममा लागिसक्ने भनिन् ।
उनले भनिन् ,“आमाबुबालाई नै छोरीछोरी पढाउनुपर्छ भनेर सम्झाएर बुझाउनुपर्छ र गरिब मान्छेलाई सहयोग पनि गर्नुपर्छ ।” गाउँपालिकामा अधिकांश सडक कालोपत्र हुन सकेको छैन । वडाका केन्द्रसम्म पुग्न सडक भए पनि सबै कच्ची छन् भने वर्षामा कतिपय सडक हिँड्नै नसकिने अवस्था छ । सडकको सुधार गर्नुपर्ने, कृषिका सामान भण्डारण गर्न केन्द्र, युवाका लागि खेलकुद मैदान, विद्यार्थीका लागि पुस्तकालय निर्माणमा उम्मेदवारले ध्यान दिनुपर्ने बताइन् ।
आफूले भोट माग्न आउनेसँग उनीहरुको योजनाका बारेमा सोध्ने गरेको बताइन् । उनले भनिन्, “सबैले यो ,यो गर्छु भन्ने कुरा लगभग उस्तैउस्तै छ ।” गाउँपालिकामा पाँच वडामध्ये तीन वडामा तामाङ जातिको बाहुल्यता रहेको छ भने बाँकी दुई वडामा तामाङ, पहरी, मगर, ब्राह्मण, क्षेत्रीलगायतको बसोबास छ । नल्लु, भारदेउ, चौघरेलगायतका गाउँमा तामाङ जातीको पहिचान झल्कने घर, बस्ती, बाटोघाटो छन् ।
उचाईमा रहेको दलचोकीबाट काठमाडौं उपत्यकासँगै तराईसम्म देख्न सकिन्छ । गाउँपालिकामा रहेको गुप्तेश्वर गुफा, दलचोकी भ्यूटावर, मनकामना मन्दिर, पाथीभरा मन्दिर, बिभिन्न गुम्बा, चैत्यलगायतका पर्यटकीय महत्वका स्थान रहेका छन् । यीनको प्रचारप्रसारमार्फत यहाँको जनजीवनमा सुधार ल्याउन सकिने सम्भावना छ । स्थानीयवासी पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै त्यस क्षेत्रमा उल्लेखीय काम हुन नसकेको भन्दै अब गाउँपालिकामा जितेर आउने पदाधिकारीले त्यसमा ध्यान दिनुपर्ने बताइन् ।
स्थानीय रेनुका सापकोटा बालबालिकादेखि वृद्धवृद्धा सबैले यहाँको बाटोमा सुधार चाहेको बताइन् । बाटो सबैतिर पुगे पनि कच्ची भएकाले त्यसलाई कालोपत्र गरेर ओहोरदोहोर सजिलो गराउनुपर्ने उनले अब निर्वाचित हुने अध्यक्ष, उपाध्यक्षसँग अपेक्षा छ । दलचोकीमा यसअघिको नेतृत्वले सुरु गरेको भ्यूटावर चाँडो सम्पन्न गर्न अब आउनेले ध्यान दिनुपर्ने बताइन् ।
सडकपछि निर्वाचित प्रतिनिधिले शिक्षाको सुधारमा ध्यान दिनुपर्ने सापकोटाले बताइन् । बालबालिकाका लागि राम्रो विद्यालय हुनुपर्ने र पढाई राम्रो हुनुपर्ने भनिन् ।आफू नपढेको भए पनि सन्तानले गाउँमै राम्रो पढाइको अवसर पाउन भन्ने उनको चाहना छ । अहिलेसम्म गाउँमा निजी विद्यालय नभएको र अब पनि सरकारी विद्यालय नै राम्रो हुनुपर्नेमा उनको जोड छ । उनले भनिन्, “समयअनुसार अहिले सबैले इङ्लिस चाहिन्छ तर सरकारीमा नेपाली मात्रै छ ।”
स्थानीय युवा सुदीप स्याङ्तान सडक र शिक्षाको कमी नै कोञ्जेसोमको मुख्य समस्या भएको र अब निर्वाचित हुने व्यक्तिले त्यस क्षेत्रमा ध्यान दिनुपर्ने बताए । पालिकाको मुख्य सडक दुई लेनको बनाएर कालोपत्र गर्दा नै समृद्धिका लागि बाटो खुल्ने उनले भने । शिक्षामा गुणस्तर सुधारमा ध्यान दिनुपर्ने र वडाका सबै बस्तीसम्म शिक्षको पहुँच विस्तार गर्नुपर्नेमा उनको जोड छ । उनले भनिन् , “भौगोलिकरुपमा डाँडाकाँडासम्म फैलिएकामा त्यहाँसम्म स्कुलको पहुँच पुग्नुपर्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
सरकारले तोक्यो दुई न्यायाधीशको नयाँ जिम्मेवारी
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश दिने
पुष २९, २०८१ सोमबार
मच्छिन्द्रलाई हराउँदै नेपाल पुलिस क्लब विजयी
पुष २९, २०८१ सोमबार