नेपाल भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता साथैं सुरक्षाकर्मीद्वारा प्रचारसामाग्री हटाइँदै
नेपालबहस संवाददाता
बैशाख २५, २०७९ आइतबार २२:२३:४६
२५ वैशाख, वीरगञ्ज । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष गरी बारा र पर्साका नेपाल भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरीको टोलीले उच्च सुरक्षा सतकर्ता अनपाएको छ । निर्वाचनका बेला सीमा क्षेत्रमा हुनसक्ने आपाराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले दुवै जिल्लाका सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणका अनुसार मातहातका सबै सुरक्षा शाखालाई परिचालन गरी सीमा क्षेत्रमा निगरानी गर्दै आएको गणका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए । यता बारा जिल्लामा पनि सशस्त्र प्रहरीले चुनावका बेलामा सीमा क्षेत्रमा निगरानी थालेको छ । सीमा क्षेत्रमा हुनसक्ने सबै प्रकारका आपाराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले उच्च सुरक्षा सतकर्ता अपनाइएको जिल्लास्थित सशस्त्र प्रहरी बल १२ नं गणका प्रहरी उपरीक्षक राजेन्द्र थापाले जनाएका छन । पर्सा तथा बारास्थित जिल्ला सशस्त्र प्रहरी गण मातहात सुरक्षा बेस, सीमा सुरक्षा पोष्ट ( बिओपी) र सीमा निगरानी पोष्ट (एफओवी) निर्वाचनका बेलामा शान्ति सुरक्षामा क्रियाशिल रहेका छन् ।
सुरक्षाकर्मीद्वारा प्रचारसामाग्री हटाइँदै
पर्सा जिल्लाका विभिन्न स्थानमा स्थानीय तह निर्वाचनअन्तर्गत उम्मेदवारको प्रचारप्रसारका लागि सार्वजनिकस्थलमा टाँगिएका पोष्टर पम्प्लेट, ब्यानर तथा पार्टीका झण्डा हटाउन थालिएको छ । बिजुलीको पोल, विद्यालय, चोक चौराहालगायत सार्वजनिकस्थलमा निर्वाचन आचारसंहिता विपरीत राखिएका निर्वाचन सामग्री सुरक्षा निकायको टोलीले हटाउन थालेको हो ।
जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा उम्मेदवारले पनि पार्टी कार्यालयबाहेक सार्वजनिकस्थलमा राखिएको निर्वाचन प्रचारसामग्री हटाउने प्रतिबद्धता व्यक्त गरेपनि ती सामग्री उम्मेदवार र दल स्वयंले नहटाएका कारण सुरक्षाकर्मीले हटाउन सुरू गरेका हुन् । क्रियाशील प्रमुख राजनीतिक दलका उम्मेदवारले सार्वजनिकस्थलमा राखेका पार्टीको झण्डा, ब्यानर, तुललगायतका प्रचार सामग्री हटाउने यस अगाबै प्रतिबद्धता जनाइसकेका थिए । तीन लाख ३९ हजार ८३६ मतदातामध्ये पुरुष एक लाख ९१ हजार ५३७ र महिला एक लाख ४८ हजार २८३ र अन्य १६ मतदाता रहेका छन् । पर्सा जिल्लामा १६७ वटा मतदानस्थल र ४०४ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार