बाबुराम भट्टराईलाई गृहनगर जिताउन धौ धौ !
नेपालबहस संवाददाता
बैशाख २६, २०७९ सोमबार १७:१४:४२
♦ अश्विन दानी
२६ वैशाख, गोरखा । स्थानीय निर्वाचनबाट आगामी पाँच वर्षका लागि गोरखामा चार सय ९२ जना नयाँ जनप्रतिनिधि चुनिँदैछन् । दुई नगरपालिकासहित ११ वटा स्थानीय सरकार रहेको गोरखामा ९४ वटा वडा छ । अहिले यी सबै स्थानीय तहमा दलहरू चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।
जिल्लामा सत्तारुढ दल ‘कांग्रेस, माओवादी, जसपा र नेकपा एस’ को गठबन्धनका लागि प्रयास भए पनि भागबन्डा मिलेन । सत्तारुण दलका शीर्ष नेताहरूको आफ्नो निर्वाचन क्षेत्रमा पकड लिने र साख जोगाउने स्वार्थका कारण गठबन्धन हुन नसकेको हो ।
अहिले कतिपय पालिकामा सत्तारुढ गठबन्धनका दलहरू एकल प्रतिस्पर्धामा छन् भने कतिपय ठाउँमा गठबन्धन पनि गरेका छन् । गठबन्धन नभएको र आफूहरू कमजोर भएको गृहपालिकामा सबै राजनीतिक दलका शीर्ष नेताहरू जोडबलका साथ आफ्नो उम्मेद्वारलाई जिताउने अभियानमा खटिरहेका छन् ।
पालुङटारमा सबैको ध्यान
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गत शुक्रबारदेखि गृहनगर पालुङटारमा चुनावी अभियानमा सक्रिय छन् । उनले आफ्नो पार्टीको मेयर पदका उम्मेद्वारलाई जिताउन कांग्रेससँग गठबन्धन गर्ने अनेक तिक्डम अपनाएका थिए । तर, पालुङटार जसपालाई छाड्न कांग्रेस तयार भएन । अन्तत स् अहिले त्यहाँ सबै दल एक्लाएक्लै चुनावी प्रतिस्पर्धा गर्दैछन् ।
आफ्ना उमेद्वार जिताउने र आफ्नो गृहनगरमा पार्टीको पकड थप बलियो बनाएर साख जोगाउने भट्टराईको सपना गठबन्धनले पूरा गर्न सकेन । त्यसैले उनी हप्ता दिनदेखि गोरखा नछाडेर पालुङटार केन्द्रित चुनावी प्रचारप्रसारमा व्यस्त छन् । भट्टराईको सचिवालयका अनुसार उनी कहिले बिहान ६ देखि राति १२ बजेसम्म चुनावी कार्यक्रममा सहभागी हुने गरेका छन् ।
तर, पनि उनलाई गृहनगरमा आफ्ना उम्मेद्वार जिताउन निकै धौ धौ पर्ने देखिन्छ । कारण, मेयर पदका उम्मेद्वार छान्ने विषयमै नगरपालिकामा जसपाका आन्तरिक टिमबीच झडपसमेत भएको घटना बाहिरियो । त्यो घटनाले पनि त्यहाँ जसपाप्रति नकारात्मक सन्देश प्रवाह गरिरहेकै छ ।
यस्तै, पालुङटार कांग्रेसले बाबुराम आफ्नो साख जोगाउन गठबन्धनका लागि शेरबहादुर देउवासँग लम्पसार परेको भन्दै प्रचार गरिरहेकै छ । यसकारण पनि जसपाको क्रेजमा कमी आएको छ कि भन्ने आशंका उब्जाएको छ । यद्यपि अहिले जसपाले नगरपालिकामा आफूहरू पहिलो शक्तिको रूपमा उदाएको दाबी गर्ने गरेका छन् ।
२०७४ को स्थानीय तहको मतपरिणाम हेर्दा पालुङटार नगरपालिकामा कांग्रेस पहिलो, माओवादी दोस्रो र जसपा तेस्रो र एमाले चौथौ शक्तिको रूपमा थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
सरकारले तोक्यो दुई न्यायाधीशको नयाँ जिम्मेवारी
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश दिने
पुष २९, २०८१ सोमबार