भारतमा रहेका नेपाली मतदान गर्न फर्किए
नेपालबहस संवाददाता
बैशाख २६, २०७९ सोमबार १९:१३:३६
♦ दुर्गा देवकोटा
२६ वैशाख , टीकापुर । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न भारतमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन् । स्थानीय तहको नेतृत्व चयनका लागि आफ्नो मताधिकार प्रयोग गर्न रोजगारीका सिलसिलामा भारतमा काम गर्न गएका नेपालीहरु स्वदेश फर्कन थालेका हुन् । निर्वाचनको मिति नजिकिँदै जाँदा आफ्नो पालिकाको नेतृत्व छान्न स्वदेश आउनु प¥यो भनी छिमेकीले खबर गरेपछि आफ्नो सात जनाको परिवार स्वदेश फर्किएको जानकी गाउँपालिकाका विकास धामीले बताए ।
‘‘आफ्नो मताधिकार प्रयोग गर्न भारतमा रहेका अन्य नेपाली पनि घर फर्केका छन्, हामी १५ दिनको बिदा मिलाएर आएका हौँ’’, विकासले भने, ‘‘निर्वाचनमा छिमेकी उठेका छन् । उनलाई मतदान गर्न आउनुपयो भनी बोलाए, अनि हामी आर्यौँ ।’’एक सातायता अन्य समयभन्दा बढी नेपाली स्वदेश फर्कन थालेका छन् ।
स्वदेश फर्कनेहरु मतदान गर्ने अधिकार प्रयोग गर्नाका साथै सक्षम नेतृत्व चयनका लागि फर्किएको बताउँछन् । कैलालीको जानकी गाउँपालिकाकी कमला न्यौपानेको दम्पति पनि स्थानीय तहको निर्वाचनमा मतदान गर्नकै लागि स्वदेश फकिएको छ । उनी मतदान गर्ने वित्तिकै भारत फर्कने बताइन् । ‘‘हामीले निर्वाचन हुँदैछ भन्ने कुरा समाचारमा थाहा पायौँ, आफन्तसँग पनि फोनमा कुराकानी भइरहन्थ्यो’’, न्यौपानेले भन्नुभयो, ‘‘एक पटक गल्ती भएमा पाँच वर्ष पालिकाको विकासमा असर पर्छ, त्यसैले सक्षम नेतृत्व छानौँ, र कर्तव्य पनि पालना गरौँ भनी आएका हौँ, मतदान गरेर उतै फर्कने हो ।’’
मतदान गर्नु नागरिकको अधिकार भएकाले असल नेतृत्व छनोट गर्ने अधिकार सुनिश्चित गर्नाका लागि निर्वासनमा पुगेका नेपाली धमाधम स्वदेश फर्किन थालेका हुन् । त्यही अधिकार प्रयोग गर्नाका लागि भारतको महाराष्ट्रबाट लम्की चुहा प्रतापपुरका सुरेश विकको ९ जनाको परिवार पनि स्वदेश फर्किएको छ । ‘‘हामी दाइभाइ र हाम्रा परिवार गरी नौ जना छौँ, नौ जनाले नै मतदान गर्न पाउँछौँ’’, उनले भने, ‘‘यसो आफन्तसँग भेटघाट पनि हुन्छ । निर्वाचनमा पनि सहभागी हुन्छौँ ।’’वैशाख महिनायता भारत फर्कने ४०० भन्दा बढीले सीमामा रहेको हेल्थ डेक्समा स्वास्थ्य जाँच गराएका छन् । एक सातायता सङ्ख्या अझै बढेको छ । नेपाल फर्कने अधिकांश व्यक्ति मतदान गर्नकै लागि आउने गरेको टीकापुर ९ स्थित सीमामा रहेको स्वास्थ्य सहायता कक्षमा कार्यरत स्वास्थ्यकर्मी मकेन्द्र रोकायाले बताएका छन ।
‘‘हिजोआज फर्कने अधिकांश मतदान गर्नकै लागि आएको भन्छन्, एक सातादेखि सङ्ख्या बढिरहेको छ’’, उनले भने, ‘‘चालु आर्थिक वर्षको अहिलेसम्म चार हजार ६९८ जना भारतबाट फर्कनेले सेवा लिएका छन् । हेल्थ डेक्समा स्वास्थ्यमा समस्या भएकाहरुले सेवा लिन्छन् ।’’ निर्वाचनका लागि तायरी कैलाली जिल्लामा निर्वाचनका लागि सबै तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम दिई मतदान सामग्री हस्तान्तरण गरिएको बताए।
भोलि २७ गते जिल्लाका सबै मतदानस्थलमा निर्वाचन सामग्रीसहित मतदान अधिकृत तथा कर्मचारी पुगिसक्ने, २८ र २९ गते मतदाता परिचयपत्र वितरण गरिने र ३० गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने गरी तयारी भइरहेको उहाँको भनाइ थियो । कैलालीमा २३६ मतदानस्थल र ६१९ मतदान केन्द्र तोकिएका छन् । ती केन्द्रमा निर्वाचन सञ्चालन गर्न एक हजार २५० मतदान अधिकृत तथा सहायक अधिकृत, तीन हजार ५० कर्मचारी र एक हजार ८७५ स्वयम्सेवक खटाउने तयारी भइरहेको पनि कार्यालय प्रमुख भट्टले बताउनुभयो । ‘‘स्थानीय तहको निर्वाचनलाई मर्यादित बनाउन सबैलाई आग्रह गर्छु । आफ्नो मताधिकार प्रयोग गरी जनप्रतिनिधि छान्न अनुरोध गर्दछु’’, उनले भने, ‘‘यो समय मतदाताले स्वविवेक प्रयोग गर्ने समय हो । ’’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
रेसुङ्गा नगरपालिकाको रनिङ शिल्ड रेसुङ्गा माविलाई
माघ ७, २०८१ सोमबार
शिक्षण अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
खुकुरी प्रहार गरेको अभियोगमा ५ जना पक्राउ
माघ ७, २०८१ सोमबार
वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ
माघ ७, २०८१ सोमबार