मतदान गर्न घर फर्कंदै मनाङका मतदाता
नेपालबहस संवाददाता
बैशाख २६, २०७९ सोमबार २०:०:१६
मनाङ, २५ वैशाख । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि मनाङका मतदाता घर फर्कन थालेका छन् । यहाँका अधिकांश मतदाता जिल्ला बाहिर बसोबास गर्ने भएकाले मतदानका लागि उनीहरु गाउँ फर्कन लागेका हुन् ।
मनाङका मतदाता काठमाडौँ, पोखरालगायत ठूला सहरी क्षेत्रमा बसोबास गर्ने भएकाले मतदानका लागि हाल जिल्ला फर्किन थालेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनकाका अनुसार अधिकांश मनाङवासी बाहिरी जिल्लामा बसोबास गरे पनि उनीहरुको मतदाता नामावली मनाङमै रहेको छ ।
“यहाँका बासिन्दा व्यापार, व्यवसाय र कामकाजका लागि बाहिरी जिल्लामा बसोबास गर्छन, उनीहरुको मतदाता नामावाली यतै भएकाले फर्कन थालेको, विभिन्न सरकारी कामकाजका लागि पनि उनीहरु मनाङमा नै फर्किनुपर्ने हुन्छ,” प्रजिअ आचार्यले भने, “अहिले मतदानकै लागि गाउँघर फर्किने क्रम चलिरहेको छ ।” अहिले विशेषगरी माथिल्लो मनाङस्थित मनाङ ङिस्याङ, नार्पाभूमि र चामे गाउँपालिकाका मतदाता फर्किरहेकाे उनले बताए ।
सदरमुकामस्थित चामे गाउँपालिका–४ र ५ वडाका अधिकांश स्थानीय काठमाडौँमा बसोबास गर्ने गरेका छन् । चामे गाउँपालिका–४ को सरस्वती तामाङ मतदानका लागि जिल्ला फर्केको बताएका छन । “लामो समयपछि मतदान गर्न पाइने भो, त्यसैले हामी गाउँ फर्केका हौँ”, तामाङले भने ।
पाँच बर्षपछि जनप्रतिनिधि छनोट गर्ने निर्वाचनमा मतदान गर्नकै लागि अहिले गाउँ फर्केको उनको तर्क छ । “हामी पाँच वर्षमा मतदान गरेर जनप्रतिनिधि छनोट गर्ने अधिकार पाउछौँ, मनाङको विकासका लागि सही जनप्रतिनिधि छनोट गर्न भनेर मतदान गर्न फर्किएको हुँ,” तामाङले भने ।
जिल्ला बाहिर बसोबास गर्ने छिमेकी गाउँका स्थानीय पनि मतदानका लागि आउने क्रम रहेको उनले बताए । तामाङजस्तै मतदानका लागि नार्पाभूमि गाउँपालिका–४ का सोनाम तेन्जिङ लामा र मनाङ ङिस्याङ गाउँपालिका–६ का सागर गुरुङले पनि मतदान गर्न जिल्ला फर्किएको बताएका छन । “गाउँ आइपुगियो, अब आफ्नो मनपरेको उम्मेदवारलाई भोट हाल्नुपर्छ”, लामाले खुसी व्यक्त गरे ।
लामाले मनाङको विकास र सहज आवातजावतका लागि सहज सडक निर्माणका लागि उपयुक्त जनप्रतिनिधि छनोट गर्नु आवश्यक रहेको बताए । उनी भन्छन्, “विगतको विकासलाई अझ सहज बनाउने प्रयत्नशील जनप्रनितिधि छनोटका लागि नै गाउँ फर्किएको हुँ ।”
नार्पाभूमि गाउँपालिकाको नार, फु, मेता, च्याखुलगायतका गाउँ र ङिस्याङ गाउँपालिकाका पिसाङ, खाङ्सार, भ्राका, ङावल लगायतका क्षेत्रका स्थानीयवासी फर्किने क्रम चलिरहेको हो । मनाङ ङिस्याङ गाउँपालिकाको मतदाता सङ्ख्या तीन हजार ५३५ रहेको छ भने नार्पाभूमि गाउँपालिकामा ४४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ ।
–––
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
लघु चलचित्र ‘एक जोर जुत्ता’ निर्माण, विद्यार्थीहरुको लागि प्रदर्शन गरिने
पुष २३, २०८१ मंगलबार
नेपाल स्रष्टा समाजको गण्डकी प्रदेश समितिको घोषणा तथा पूस्तक लोकार्पण सम्पन्न
पुष २३, २०८१ मंगलबार
अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत
पुष २३, २०८१ मंगलबार
जिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार
माघे संक्रान्तिका लागि चाकु बनाउन भ्याइनभ्याइ [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी बार अध्यक्षको मुद्दामा आज सुनुवाई, एक नम्बरमै चढ्यो पेशी
पुष २३, २०८१ मंगलबार