मतदानका सामग्रीसहित ललितपुरमा खटिए कर्मचारी
नेपालबहस संवाददाता
बैशाख २६, २०७९ सोमबार २१:३४:५१
२६ वैशाख ललितपुर । आउँदो ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ललितपुरका विभिन्न पालिकाका मतदानस्थलमा आवश्यक मतदानका सामग्रीसहित कर्मचारी मतदानस्थलमा पठाइएको छ । ललितपुरका विभिन्न पालिकाका मतदानस्थलमा खटिने कर्मचारीलाई मतदान सामग्री बुझाएर कार्यस्थलमा खटाइएको ललितपुरका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीलाई आवश्यक मतपत्र र मतपेटिका तथा सुरक्षासहित मतदान सामग्रीसहित सम्बन्धित पालिकामा पठाइएको उनले जानकारी दिए । महाङ्काल, बागमती र कोन्ज्योसोम गाउँपालिकाका कर्मचारी आवश्यक मतदान सामग्रीसहित मतदानस्थल तर्फ गएको र नजिकै रहेको गोदाबरी, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाको मतदानस्थलमा खटिने कर्मचारीलाई पनि आज र भोलिसम्ममा सबै सामग्रीसहित मतदान केन्द्रमा खटिइसक्ने उनले जानकारी दिए ।
जिल्ला निर्वाचन कार्यालय ललितपुरका प्रमुख गोमा धमला घिमिरेले मतदानस्थलमा खटिने कर्मचारी आजै सवारीसाधनको व्यवस्था गर्दै निर्वाचन सामग्री लिएर कार्यस्थलमा गएको बताए। उनले ५८ प्रकारका मतदान सामग्रीसहितको सुरक्षाकर्मीको टोली मतदानस्थलमा पठाइएको बताएका छन ।
भोलि प्रत्येक पालिकामा निर्वाचन अधिकृतसहित सर्वदलीय बैठक राख्ने, तीन दिन अगावै सूचना टाँस गर्नेलगायत आयोगले तोकेको काम गर्न निर्वाचनमा खटिएका कर्मचारी मतदानस्थलमा पुगेर सबै तयारीमा लाग्ने उनले बताए । ललितपुरमा रहेका कूल १३१ मतदानस्थल र २८८ मतदान केन्द्रमा मतदातालाई सुरक्षित, भयरहित वातावरणमा मतदान गर्न सक्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउँदै निर्वाचनको तयारी पूरा गरेको उनले जानकारी दिए ।
निर्वाचनका लागि ५०० भन्दा बढी मतदाता रहेको मतदानस्थलमा मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई कर्मचारी, एक सहयोगीका दरले कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत शिवाकोटीले जानकारी दिएका छन । आवश्यकता अनुसार दुईजना कर्मचारी स्थानीयस्तरमै भर्ना गर्न पाइने व्यवस्थासमेत गरिएको छ । कार्यस्थलमा खटिएका कर्मचारीलाई दुई दिनको तालिमसमेत दिएर परिचालन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
प्रदेश सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्दै बागमती प्रदेश
पुष २०, २०८१ शनिबार
विपद् प्रभावित सडक पुनर्निर्माण गर्न १५ करोड बजेट दिने निर्णय
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार