निरन्तर संसद भंग गर्ने प्रवृत्तिलाई रोक्न तपाइहरुले गठबन्धनका उम्मेदवारलाई जिताउँनुपर्छः देउवा
नेपालबहस संवाददाता
बैशाख २६, २०७९ सोमबार २१:५०:५२
२६ बैशाख, धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओलीको पार्टीले चुनाव जितेमा फेरि संसद भंग गर्ने प्रवृत्ति दोहोरिने भएकाले विचार पुर्याएर गठबन्धनका उम्मेदवारलाई जिताउने गरी मतदान गर्न आग्रह गरेका छन् ।
सोमबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले स्थानीय तहको निर्वाचन गठबन्धनले जिते मात्र आगामी निर्वाचनपनि जित्ने र संघीय सरकार बलियो हुने बताए । गठबन्धनले जित्दा संसद विघटनको खतरा पनि नरहने उनको भनाई छ ।
देउवाले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरे । उनले भने, ‘सरकारमा नेपाली कांग्रेस, माओवादी केन्द्र र माधव जीको पार्टीका मान्छेहरु सहभागी छन् । अहिलेको सरकारलाई बलियो बनाउन स्थानीय तहको निर्वाचन गठबन्धनले जित्न जरुरी छ । त्यसकारण गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी गराउनुस् ।’
उनले गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेका उम्मेदवारहरुलाई कुनै पनि हालतमा सहयोग नगरिने बताउँदै फिर्ता नलिएको खण्डमा कारवाही गरिनेसमेत बताए । ‘बागी उम्मेदवारलाई कुनै पनि हालतमा सहयोग गरिने छैन । बागीलाई कुनै पनि हालतमा माफ गर्ने छैनौँ,’ देउवाले भने, उम्मेदवारी फिर्ता नलिएको खण्डमा कारवाही गर्नेछौँ ।’
उनले धनगढी आफ्ना लागि महत्वपूर्ण भएको बताउँदै सुदूरपश्चिमबासीले नै आफूलाई प्रधानमन्त्री बनाएकाले गठबन्धनले चुनाव जितेमा यहाँ लागि प्राथमिकता दिएर काम गर्ने बताए । उनले विकास निर्माणका काम र बजेट विनियोजन गर्दा सुदूरपश्चिमलाई प्राथमिकतामा राखिने दाबी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको घाँसे मैदान
पुष २१, २०८१ आइतबार
घाममा सुकाइएको कच्चा प्लाई उठाउँदै मजदुर
पुष २१, २०८१ आइतबार
मानव सेवाभन्दा ठूलो अर्को धर्म छैनः राष्ट्रपति पौडेल
पुष २१, २०८१ आइतबार
अमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार