नारायणकाजीलाई गृह पालिकामै जिताउन हम्मेहम्मे !
नेपालबहस संवाददाता
बैशाख २६, २०७९ मंगलबार १:४५:११
♦ अश्विन दानी
२६ वैशाख, गोरखा । पूर्व उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई यतिबेला चुनावी सभालाई सम्बोधन गर्दैमा भ्याईनभ्याई छ ।
बिहान ८ बजेदेखि बेलुका ११ बजेसम्म उनी निर्वाचन क्षेत्रमा चुनावी सभालाई सम्बोधन गर्ने, मतदाता भेट्ने अनि भोट माग्ने काममै व्यस्त छन् । श्रेष्ठ आफ्नो निर्वाचन क्षेत्रका पालिकामा माओवादीका उम्मेदवारलाई जिताउनभन्दै घुँडा धसेरै लागिपरेको देखिन्छ ।
तर, उनलाई आफ्नै गृहपालिका सिरानचोकमा उम्मेदवार जिताउन हम्मेहम्मे पर्ने देखिन्छ । यस गाउँपालिकामा ८ वटा वडा छन् । स्थानीय निर्वाचन २०७४ बाट यस गाउँपालिकामा उनको गृह वडामा मात्रै माओवादीले जित हासिल गरेको थियो ।
सिरानचोक गाउँपालिका वडा नम्बर ८ मा झटकप्रसाद दवाडीले माओवादीको तर्फबाट जितेका थिए । दवाडी कांग्रेसमा लोकप्रिय पाको नेताको रूपमा चिनिन्थे । तर, चुनावमा उनलाई कांग्रेसले टिकट नदिएपछि माओवादीबाट उम्मेदवार बनेका थिए ।
यद्यपि गाउँपालिका अध्यक्षमा भने माओवादीका उम्मेदवार एक सय ६७ मतले मात्रै पराजित भएका थिए । अघिल्लो निर्वाचनबाट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजु गुरुङ ३ हजार ४०२ मतका साथ निर्वाचित भएका थिए भने निकटमा प्रतिद्वन्द्वी माओवादीका नवराज पुडासैनी ३ हजार २३५ मत प्राप्त गरेर पराजित भए । यस्तै, एमालेका प्रेम बहादुर गुरुङले १ हजार ७४० र तत्कालीन नयाँ शक्ति पार्टी ‘अहिलेको जसपा’ का महेश कुमार गुरुङले १ हजार ४३१ मत पाएका थिए ।
स्थानीय निर्वाचन २०७४ को मतपरिणाम नियाल्दा यहाँ कांग्रेस पहिलो, माओवादी दोस्रो, जसपा र एमाले तेस्रो शक्तिको रूपमा देखिन्छन् ।
८ वडा रहेको यस पालिकामा ६ वटा कांग्रेस, एक माओवादी र एक जसपाले नेतृत्व गरेका छन् भने पालिका अध्यक्ष उपाध्यक्ष दुवै कांग्रेसका हुन् । कार्यपालिकामा पनि कांग्रेसको स्पष्ट बहुमत थियो ।
गृहपालिका भए पनि जनसंगठन बलियो नहुँदा श्रेष्ठलाई आफ्नो गृह पालिकामा पार्टीको उम्मेदवार जिताउन हम्मेहम्मे पर्ने देखिन्छ । तर, पनि आफ्नो निर्वाचन क्षेत्रका अधिकांस पालिका जित्ने सम्भावना भएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ बताउँछन् ।
‘हामीले निर्वाचन क्षेत्रका अधिकांस पालिका जित्छ भन्ने छ । त्यसैले हामी निर्वाचन क्षेत्रका पालिका केन्द्रित भएर चुनाव प्रचारप्रसार, मतदाता भेटघाट, जनसभा लगायतका कार्यक्रमलाई तीव्रता दिइरहेका छौँ’, स्वकीय सचिव श्रेष्ठले भने ।
आसन्न निर्वाचनमा यस पालिकामा कांग्रेसको तर्फबाट ज्ञानेन्द्र गुरुङ, माओवादीको तर्फबाट नवराज पुडासैनी, एमालेबाट देवराज श्रेष्ठ, जसपाबाट चित्र बहादुर गुरुङको प्रतिस्पर्धा हुने देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
सरकारले तोक्यो दुई न्यायाधीशको नयाँ जिम्मेवारी
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश दिने
पुष २९, २०८१ सोमबार