आरजुका कारण कारवाहीमा परेका ओझाले किन मानेनन् सभापति देउवालाई भेट्न ?
नेपालबहस संवाददाता
बैशाख २७, २०७९ मंगलबार १६:५१:१४
२७ बैशाख, धनगढी । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेतृ आरजु राणा देउवालाई कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा हराउन भूमिका खेलेर अन्तर्घातको आरोपमा कांग्रेसको कारबाहीमा परेका पुष्करनाथ ओझा स्थानीय तहको निर्वाचनमा पनि खुलेका छैनन् ।
त्यतिखेर आरजु एमाले नेता नारदमुनी रानासँग हारेकी थिइन् । अन्तर्घातको आरोपमा कांग्रेसले उनलाई साधारण सदस्यबाट पनि निस्कासन गरेको थियो । अहिले पनि उनीमाथिको कारबाही फुकुवा भएको छैन ।
स्थानीय चुनावमा धनगढी उपमहानगर मेयरमा गठबन्धनबाट कांग्रेस नेता नृपबहादुर वड प्रतिस्पर्धामा रहेका बेला ओझा साइलेन्स छन् । जबकि, ०७४ को स्थानीय चुनावमा वडलाई मेयरमा जिताउन ओझा पनि मैदानमा उत्रिएका थिए । तर, अहिले वडलाई सहयोग गर्नु त परैको कुरा बरु आफू निकटलाई स्वतन्त्र उम्मेदवारमा खडा गरेका छन् ।
आगामी प्रतिनिधिसभा निर्वाचनमा आरजु पुनः सोही क्षेत्रबाट चुनाव लड्ने सम्भावना रहेकाले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको ध्यान पनि धनगढीमा छ ।
आइतबार धनगढी पुगेका उनले सोमबार त्यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । चुनावी जोडघटाउ भइरहँदा देउवाले तिनै ओझालाई भेट्का लागि बोलाएका थिए । तर, कारबाही यथावत रहेको भन्दै ओझाले देउवालाई भेट्न मानेनन् ।
भेट्न आउन नमानेपछि देउवाले ओझासँग फोनमै भए पनि कुरा गर्न चाहेका थिए । फोनमा कुरा गर्न पनि ओझाले अस्वीकार गरेको उनी निकट स्रोतले जनाएको छ
’चुनाव अघि नै सल्लाह गरेर हाम्रा पक्षका केही नेतालाई पनि समेटेको भए र नृप (कांग्रेस उम्मेदवार)लाई मेयरमा सहयोग गर्न सकिन्थ्यो,’ ओझाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ’अहिले अन्तिम समयमा आएर बिग्रिसकेको माहोल बनाउन सम्भव हुँदैन । त्यसैले अहिले भेटेर पनि काम छैन ।’ ओझाले अब चुनावपछि भेट्न सकिने सन्देश देउवालाई पठाएका थिए ।
ओझा तिनै हुन् जो २०७० मा देउवाले तत्कालीन निर्वाचन क्षेत्र नम्बर ६ (हाल ५) छाड्दा उपनिर्वाचन जितेका थिए । त्यतिखेर देउवा धनगढी र डडेल्धुराबाट चुनाव लडेका थिए । दुबै ठाउँबाट विजयी भएपछि उनले डडेल्धुरा रोज्दा धनगढीमा उपचुनाव भएको थियो ।
कुनै बेला कोइराला पक्षधर रहेका ओझा देउवा क्याम्पमा आए पनि गुट निर्माण गरेको आरोप थियो । ०७४ को चुनावमा उनी धनगढीबाट चुनाव लड्न चाहान्थे । तर, देउवापत्नी आरजुले धनगढी रोजेपछि उनी असन्तुष्ट भएका थिए । चुनावमा आरजु हारेपछि अन्तर्घातको बात उनै ओझामाथि लागेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको घाँसे मैदान
पुष २१, २०८१ आइतबार
घाममा सुकाइएको कच्चा प्लाई उठाउँदै मजदुर
पुष २१, २०८१ आइतबार
मानव सेवाभन्दा ठूलो अर्को धर्म छैनः राष्ट्रपति पौडेल
पुष २१, २०८१ आइतबार
अमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार