रोल्पाको गङ्गादेवमा झडप : तरुणदलका वडाध्यक्ष घाइते
नेपालबहस संवाददाता
बैशाख २७, २०७९ मंगलबार १७:१०:२५
२७ बैशाख , रोल्पा । रोल्पाको गङ्गादेव गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् ।
घाइते हुनेमा कांग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन् । माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरी शक्त घाइते बनाएको कांग्रेस गङ्गादेव गाउँपालिकाका कार्यकर्ता सुनिल वलीले जानकारी दिए ।
तरुणदलका वडाध्यक्ष बुढामगरको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ । घटनापछि प्रहरी नायब उपरीक्षक विनोद घिमिरे नेतृत्वको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थमन जिसीले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सचेतना अभियान
पुष १९, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
जिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार
माघे संक्रान्तिका लागि चाकु बनाउन भ्याइनभ्याइ [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी बार अध्यक्षको मुद्दामा आज सुनुवाई, एक नम्बरमै चढ्यो पेशी
पुष २३, २०८१ मंगलबार
भूकम्पको धक्कापछि सडकमा जम्मा भएका बालबालिका
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुग्यो, हजारभन्दा धेरै घरमा क्षति
पुष २३, २०८१ मंगलबार
‘पर्यटक बसपार्क’ निर्माण गर्न माग
पुष २३, २०८१ मंगलबार