एक्लै जितेर काम छैन, टिमसहित जित्नेतिर लाग्नुस्ः नेता सिंह
नेपालबहस संवाददाता
बैशाख २७, २०७९ मंगलबार १८:२१:२३
२७ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनमा आफु मात्रै जित्ते अभियानमा लाग्न नहुने बताएका छन् । उनले एक्लैले जितेर केही नहुने तर, तिमले जिते सबै काम सहजरुपमा गर्न सकिने बताएका छन् ।
मंगलबार बिहान चन्द्रागिरि नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो टिमलाई जिताउन लाग्न सबैलाई आग्रह गरेका हुन् । आफूलाई मात्रै नभएर सबै आफ्नो टिमका उम्मेदवारहरूलाई भोट माग्न कार्यकर्ताहरूलाई आग्रह गरे ।
‘यो बहुदलअन्तर्गतको चुनाव हो’, उनले भने, ‘यहाँ टिमलाई भोट माग्ने काम गर्नुप¥यो । वडाध्यक्षहरूले आफ्नो वडासदस्य, मेयर र उपमेयरलाई भोट मागेर अगाडि जानुपर्छ ।’
चन्द्रागिरिमा सत्तागठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको छ । मेयरमा कांग्रेसबाट घनश्याम गिरि र उपमेयरमा राष्ट्रिय जनमोर्चाबाट रोशन दानी उम्मेदवार छन् । सिंहले एक्लै जितेर मात्रै काम गर्न असहज हुने भएकाले टिम नै जिताउने गरी लाग्नुपर्नेसमेत बताए । ‘३० गते आफ्नो टिम, मेयर, उपमेयर, वडाध्यक्ष, सदस्यलाई जिताउने गरी प्रचार–प्रसार गर्नुभयो भने राम्रो हुन्छ ।’
गठबन्धन किन भन्ने बुझ्न आवश्यक भएको भन्दै सिंहले नेपाली कांग्रेसले सबैलाई मिलाएर संविधान सभाबाट संविधान जारी गरेको स्मरण गर्नसमेत आग्रह गरे। ओलिले पटक–पटक संविधान र व्यवस्थामाथि प्रहार गरेकाले संविधान र व्यवस्था जोगाउन गठबन्धन गर्नुपर्ने बाध्यता रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको घाँसे मैदान
पुष २१, २०८१ आइतबार
घाममा सुकाइएको कच्चा प्लाई उठाउँदै मजदुर
पुष २१, २०८१ आइतबार
मानव सेवाभन्दा ठूलो अर्को धर्म छैनः राष्ट्रपति पौडेल
पुष २१, २०८१ आइतबार