स्थानीय तहको चुनावमा बदर मत बढ्ने परिवेक्षण समितिको ठहर
नेपालबहस संवाददाता
बैशाख २७, २०७९ मंगलबार १८:४०:२८
२७ बैशाख, काठमाडौं । आम निर्वाचन परिवेक्षण समितिले दलहरूबीच चुनावी तालमेल भएका कारण बदर मतको संख्या बढ्ने निष्कर्ष निकालेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको समितिको प्रतिवेदनमा तालमेलबारे मतदाता जानकार नहुँदा उमेदवार नभएको ठाउँमा मतदान हुन सक्ने उल्लेख छ ।
समितिले मतपत्र बदर हुन नदिनेतिर त्यति चासो पुगेको नदेखिँएको, दुई वा दुईभन्दा बढी दलहरूबीच तालमेल गरी उमेदवारी दिइएको र मतदातामा तालमेलबारे जानकारी नहुँदा उमेदवार नभएको ठाउँमा मतदान हुन सक्ने र त्यसले बदर मतको संख्या बढाउन सक्ने प्रतिवेदनमा जनाएको छ ।
मतपत्रमा कसरी चिह्न लगाउनुपर्छ भन्ने जानकारी मतदातालाई नहुँदा मतपत्र बदर हुन सक्ने सम्भावना पनि औँल्याइएको छ । राजनीतिक दलहरूले पनि मतपत्र बदर नहुने गरी मतदान गर्न सिकाउनुपर्ने भए पनि त्यसतर्फ ध्यान नपुगेको समितिको ठहर छ । मतदाता शिक्षा पर्याप्त नदिइँदा योपटक बदर मतको संख्या बढ्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा सहर–बजारका केही क्षेत्रमा नमुना मतपत्रमा ‘मक इलक्सेन’ गराएको देखिएको र गाउँ–ठाउँमा त्यसरी नै मतदान केन्द्रबाटै मतदातालाई नमुना मतपत्र देखाउँदै प्रशिक्षित गर्ने भनाइ मतदान अधिकृतहरूको रहेको उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार