जिल्ला फर्कदै मतदाता
नेपालबहस संवाददाता
बैशाख २७, २०७९ मंगलबार २०:२२:१२
♦सुरेश झा
२७ बैशाख , बागमती । स्थानीय तहको निर्वाचन नजिकिएसँगै बागमती प्रदेशको राजधानी हेटौँडा लगायत मकवानपुर जिल्ला बाहिर रहेका मतदाता मतदानका लागि आउन थालेका छन् । रोजगारी, व्यवसाय र कामको सिलसिलामा बाहिर रहेका मतदाता आउन थालेका हुन् । छिमेकी मुलुक भारत र आफ्नै देशका विभिन्न स्थानमा रहेका यस क्षेत्रका बासिन्दा मतदानका लागि आउने क्रम जारी छ । जिल्लामा एक उपमहानगरपालिका र एक नगरपालिकासहित आठ गाउँपालिका गरी १० वटा स्थानीय तह छ । नेकपा (एमाले) नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र राप्रपालगायतका राजनीतिक दलले आसन्न स्थानीय तहको निर्वाचनमा आ–आफ्नो पार्टीबाट उम्मेदवारी दिएका छन् ।
आसन्न निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित १० स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आइसकेको छ । निर्वाचनका लागि प्राविधिक काम सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । उक्त कार्यालयको सञ्चालनसँगै निर्वाचनको लागि प्रशासनिक र राजनीतिक गतिविधि बढ्दै गएको छ ।
मकवानपुरमा हेटौँडा उपमहानगरपालिकामा सबैभन्दा बढी र इन्द्रसरोवर गाउँपालिकामा सबैभन्दा कम मतदाता रहेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मकवानपुरमा दुई लाख ९४ हजार ९१९ मतदाता छन् । जसमा एक लाख ४९ हजार ९५४ पुरुष तथा एक लाख ४४ हजार ९५९ महिला र छ अन्य मतदाता रहेको बताइएको छ । जिल्लाको १० वटा स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता हेटौँडा उपमहानगरभित्र रहेका छन् ।
हेटौँडामा ५० हजार ७२५ पुरुष र ५३ हजार ७४५ महिला तथा तीन जना तेस्रोलिङ्गीसहित एक लाख चार हजार ४७३ मतदाता रहेका छन् । यसैगरी सबैभन्दा कम मतदाता इन्द्रसरोवर गाउँपालिकामा रहेको छ । सो गाउँपालिकामा छ हजार ४६५ पुरुष र छ हजार छ महिला गरेर कूल १२ हजार ४७१ मतदाता रहेका छन् ।
थाहा नगरपालिकामा १६ हजार ६९९ पुरुष र १५ हजार ६०७ महिला र एक तेस्रोलिङ्गी गरी कूल ३२ हजार ३०७ मतदाता छन् । कार्यालयबाट प्राप्त विवरणअनुसार वकैया गाउँपालिकामा १५ हजार ५९३ पुरुष र १४ हजार ३४८ महिला र अन्य दुई गरी २९ हजार ९४३ मतदाता छन् । बागमती गाउँपालिकामा ११ हजार १९० पुरुष र १० हजार ८५० महिला गरी कूल २२ हजार ४० मतदाता रहेका छन् । भीमफेदी गाउँपालिकामा आठ हजार ९३५ पुरुष र आठ हजार ४९३ महिला गरी १७ हजार ४२८ कूल मतदाता रहेका छन् ।
मनहरि गाउँपालिकामा १३ हजार ७०९ पुरुष र १३ हजार १२ महिला गरी कूल २६ हजार ७२१ कूल मतदाता रहेको बुझिएको छ । त्यस्तै मकवानपरगढी गाउँपालिकामा नौ हजार ८९९ पुरुष र नौ हजार २१९ महिला गरी कूल १९ हजार ११८ मतदाता छन् । जिल्लाको विकट राक्सिराङ गाउँपालिकामा आठ हजार ७४७ पुरुष र सात हजार ८५ महिला गरी १५ हजार ८३२ मतदाता छन् भने कैलाश गाउँपालिकामा सात हजार ९९२ पुरुष र छ हजार ५९४ महिला गरेर १४ हजार ५८६ कूल मतदाता रहेका छन् ।
जिल्लामा १६५ मतदानस्थल र ३५६ मतदान केन्द कायम भएको छ । त्यसका लागि निर्वाचनमा चार तहको सुरक्षा संयन्त्रण र एक हजार ४७१ म्यादी प्रहरीको परिचालन गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिएका छन । जिल्लामा १९ मतदानस्थल अति संवेदनशील रहेकाले त्यसको सुरक्षा प्रबन्ध मिलाइने पाण्डेले बताए ।मकवानपुरमा नगरपालिका र गाउँपालिका गरी १० स्थानीय तह रहेको त्यसका लागि प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षसहित २० पद र १०२ वडाका लागि वडाध्यक्षसहित सदस्य गरी ५१० पदको निर्वाचन हुने बताइएको छ । निर्वाचनका लागि एक हजार ७६७ कर्मचारी खटिने निर्वाचन कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
प्रदेश सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्दै बागमती प्रदेश
पुष २०, २०८१ शनिबार
विपद् प्रभावित सडक पुनर्निर्माण गर्न १५ करोड बजेट दिने निर्णय
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
जिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार
माघे संक्रान्तिका लागि चाकु बनाउन भ्याइनभ्याइ [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी बार अध्यक्षको मुद्दामा आज सुनुवाई, एक नम्बरमै चढ्यो पेशी
पुष २३, २०८१ मंगलबार
भूकम्पको धक्कापछि सडकमा जम्मा भएका बालबालिका
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुग्यो, हजारभन्दा धेरै घरमा क्षति
पुष २३, २०८१ मंगलबार
‘पर्यटक बसपार्क’ निर्माण गर्न माग
पुष २३, २०८१ मंगलबार