जानकीलाई सम्झदै मैथिल
नेपालबहस संवाददाता
बैशाख २७, २०७९ मंगलबार २०:३०:३३
२७ बैशाख , महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा आज जानकी नवमी पर्व मनाइँदै छ । धर्तीपुत्री मानिने जानकी वैशाख शुक्ल नवमीका दिन राजा जनकले जोतेका हलोको सियोबाट उत्पन्न भएकी विश्वासमा आज यो पर्व मनाइँदै गरिएको हो । त्रेतायुगमा राजा जनकले हलो जोत्दा धर्तीबाट आदर्श नारी सीता उत्पत्ति भएकी विश्वासमा मिथिलामा यस दिनलाई जानकी नवमी पर्व भनेर उत्सव मनाउने गरिएको छ ।
पर्वका अवसरमा जिल्लाको मटिहानीस्थित लक्ष्मीनारायण मठमा बिहानैदेखि जानकी नवमी पर्वको अवसरमा विशेष पूजापाठ गरिँदै छ । जानकी नवमी पर्वको विशेष आराधना र उत्सवमा सहभागी हुन नेपाल–भारतका साधु, सन्त र सर्वसाधारण सहभागी छन् । लक्ष्मीनारायण मठ मुलुकभरकै मठमध्येको मुख्य मठ र यहाँका महन्थ ‘मानमहन्थ’ भनिन्छन् ।
मिथिला, जानकी, जनकनन्दिनी, वैदेही र किशोरीजीसहितका नामले पुकारिने विदेहराज जनक (शिरध्वज) पुत्री सीता राजा जनकले हलो जोत्दा तत्कालीन मिथिला क्षेत्रको पुनौरा (हाल भारतको सीतामढी जिल्लामा पर्ने) भन्ने ठाउँमा आजकै दिन हलोको टुँडोले उप्काएको माटोबाट उत्पत्ति भएकी विश्वास गरिन्छ । आफ्नो विद्वता, सहनशीलता र स्वधर्म निर्वाहले आदर्श नारी मानिएकी सीता मुलुककै गौरव भएकीले मिथिलामा मात्र नभई मुलुकभर नै यो पर्व मनाइनुपर्ने मठका उत्तराधिकारी रवीन्द्र दास वैष्णव बताइन् ।
मिथिला ९विदेह०मा अनिकाल पर्दा राजा जनकले हलो जोते पानी पर्छ भन्ने विद्वत्सभामा मत आएपछि राजा जनकले आफ्नो राज्यभर हलो जोत्दा माटोबाट जानकी उत्पत्ति भएकी मानिन्छ । जानकीले माइतीमात्र नभएर आफ्नो पतिघर (भारतको तत्कालीन अवध, जसको राजधानी अयोध्या मानिन्छ)को गौरवसमेत बढाएर आदर्श नारी बनेकी हिन्दू जनविश्वास छ ।
जानकी नवमी पर्वमा धार्मिक प्रवचन, रामायण वाचन, सीता जन्मसम्बन्धी लघुनाटक प्रदर्शन र रात्रि कीर्तनका कार्यक्रम मिथिला क्षेत्रका मन्दिर, मठ र धार्मिकस्थलमा आयोजन गरिँदै आइएका छन् । आफ्नो माटोसँग गहिरो नाता जोडिएकी रामायणकालीन पौराणिक पात्र ‘मिथिला’ लाई मैथिल विशेष श्रद्धासाथ सम्झना गर्छन् । माइती मिथिलादेखि अवधसम्म ‘आदर्श नारी’ को परिचय बनाएकी सीतालाई हिन्दू परम्परामा ‘देवी’ को अवतारका रूपमा मानिँदै, पुजिँदै आइएको छ ।
राष्ट्रिय विभूति सीताको जन्मदिनलाई राष्ट्रिय धार्मिक पर्वकै रूपमा ‘जानकी नवमी’ मनाइनपर्ने माग विगतदेखि मिथिलावासीले उठाउँदै आएका छन् । यस दिन मुलुकभर नै सार्वजनिक बिदा दिएर उत्सव मनाउनपर्ने जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव बताइन् । पर्वको अवसरमा मधेस प्रदेश सरकारले भने सार्वजनिक बिदा दिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार