धेरै चुनाव आए, गए तर पनि फेरिन सकेन चेपाङको अवस्था, भन्छन्र काम दिनेलाई भोट
नेपालबहस संवाददाता
बैशाख २७, २०७९ मंगलबार २०:४२:३८
२७ बैशाख , धादिङ । गाउँमा खानेकुराको समस्या छ । बारीमा लगाइएको मकै पाक्न समय लाग्छ । बढीमा एक डेढ रोपनी खोरियाबारी हुने चेपाङहरुको अवस्था अहिले पनि हरेक वर्ष बाँच्नका लागि कठिन सङ्घर्ष गरिरहनुपरेको छ ।
बेनिघाटरोराङ गाउँपालिकामा शिक्षण पेशामा संलग्न तिलक चेपाङले यो समुदायको अवस्था बताउँदा भावुक भए । आफूले अध्ययन गर्न सकेका कारण शिक्षक भए पनि ९५ प्रतिशत चेपाङको अवस्था कठिन छ । घरमा खानेकुराको अभावले गर्दा बालबालिकामा कुपोषणको समस्या छ । आमाबुबा ज्यालाको खोजीमा घरबाट निस्केपछि दुई/चार दिन आउँदैनन् । छोराछोरी कन्दमूल खोज्न जङ्गलतिर जान्छन् ।
खाजा कार्यक्रम सञ्चालन भएको विद्यालयमा खाजाको भरमा जीवन चलाइरहेको महादेवस्थानका १४ वर्षीय सन्तोष चेपाङले बताए । स्थानीय सरकारले समेत दिगो विकासका कुनै पनि कार्यक्रम ल्याउन नसकेको गजुरीका शिक्षक कृष्ण चेपाङको भनाइ छ ।
चुनावमा भोट हाल्नसमेत कठिन हुने ब्रुसबाङका महिला तथा वृद्ध गाउँमा भोट माग्न आउँदा सबै काम गर्छु भन्नेहरु चुनावपछि विकास चहियो भन्दासमेत बेवास्ता गर्ने गरेको विष्णु चेपाङको गुनासो छ । खानेपानी, स्वास्थ्य, शिक्षा, तथा सबै किसिमको अवसरबाट परिरहेको ब्रुसबाङमा यस पटक नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा ९एमाले०का उम्मेदवार भोट माग्न गए । धादिङको दक्षिणी क्षेत्रका चेपाङ समुदाय भोट त हाल्छन् तर जहिले भोट हाले नि राहतको लागि काम गर्ने र समुदायलाई विकासमा सहभागी नगराउँदा पछि परेको बताउन थालेका छन् ।
गजुरी र बेनिघाटरोराङ गाउँपालिकामा मुख्य बसोबास भएका चेपाङ समुदायको अवस्था यसअघिका धेरै चुनाव आएर गए पनि फेरिन सकेको छैन । पहिले जस्तो अवस्था अहिले नरहेको र केही खुवाएर मात्र अब भोट नआउने अवस्था रहेको सामाजिक क्षेत्रमा काम गर्दै आउनु भएका उद्धव चेपाङको भनाइ छ । चेपाङ समुदायको दिगो विकासका लागि दीर्घकालीन योजना ल्याउन उनीहरुको माग छ । खासगरी काम र जीवीकोपार्जनका योजना ल्याउन उनीहरुको माग छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
नेपाल स्रष्टा समाजको गण्डकी प्रदेश समितिको घोषणा तथा पूस्तक लोकार्पण सम्पन्न
पुष २३, २०८१ मंगलबार
अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत
पुष २३, २०८१ मंगलबार
जिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार
माघे संक्रान्तिका लागि चाकु बनाउन भ्याइनभ्याइ [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी बार अध्यक्षको मुद्दामा आज सुनुवाई, एक नम्बरमै चढ्यो पेशी
पुष २३, २०८१ मंगलबार
भूकम्पको धक्कापछि सडकमा जम्मा भएका बालबालिका
पुष २३, २०८१ मंगलबार