बिपीको बलमा बनेको नेपाल–इजरायल सम्बन्ध ६२ वर्षमा
नेपालबहस संवाददाता
बैशाख २७, २०७९ मंगलबार २२:५४:३१
♦शरदचन्द्र भण्डारी,
२७ बैशाख ,काठमाडौं । दोस्रो विश्वयुद्धको विभिषिका समाप्त भएसँगै बेलायती उपनिवेशबाट स्वतन्त्र भई १४ मे १९४८ मा स्थापना भएको पश्चिम एशियाका सानो देश इजरायललाई मान्यता दिने दक्षिण एशियाको पहिलो देश नेपाललाई इजरायलका जनताले असिम स्नेहका साथ हेर्ने गरेका छन् । निरङ्कुश राणा शासनलाई फालेर भर्खरै प्रजातान्त्रिक शासन प्रणालीमा अघि बढेको नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको दूरदर्शीता र कूटनीतिक सुझबुझलाई इजरेलीहरूले सधैँ सम्मान र स्मरण गर्दैै आएका छन् ।
इजरायलका संस्थापक डेभिड बेन–गुरियन र प्रधानमन्त्री कोइरालाको दूरदृष्टि नै स्वतन्त्र इजरायल स्थापना भएको १२ वर्षमै नेपालबाट मान्यता पाउने देश बन्यो जसलाई ३० वर्षसम्म दक्षिण एशियका अन्य देशले स्वतन्त्र राष्ट्र मानेनन् । इजरायल राज्य स्थापनाको घोषणा भएकै दिन अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानले उक्त मुलुकलाई कूटनीतिक मान्यता दिनु इजरायलका निम्ति सुखद संयोग थियो । कुशल कूटनीतिमा विश्वास गर्ने प्रधानमन्त्री कोइरालाले त्यसको बिजारोपण इजरायलबाट गरेर जवाहरलाल नेहरूजस्ता छिमेकी देशका प्रधानमन्त्रीलाई चकित पारेका थियो ।
नेपाल र इजरायल बीचको कूटनीतिक सम्बन्धको ६२ औँ वार्षिकोत्सव आज उपराष्ट्रपतिको उपस्थितिमा विशेषरूपमा मनाएका छन् । बितेका ६१ वर्षमा पारस्परिक सहयोग, सद्भावना, समझदारी र मैत्री प्रगाढमात्र भएको छैन द्विपक्षीय सम्बन्ध विकासका विभिन्न विधासँगै सहयोगका क्षेत्रमा विस्तार भएको छ । यति लामो र सौहार्दपूर्ण सम्बन्धलाई आजको अवस्थामा पु¥याउन दुवै देशका प्रमुख व्यक्तित्वले निर्वाह गरेको भूमिकालाई बिर्सन नसकिने बताएका छन् ,शलोम क्लबका अध्यक्ष प्राध्यापक भीमप्रसाद श्रेष्ठ ।
भूकम्पले भत्काएका भग्नावशेषमा अत्याधुनिक उपकरणका साथ स्वास्थ्य शिविर सञ्चालन गरेर होस् वा कोरोना महामारीका बेला तत्काल स्वास्थ्य सामग्री उपलव्ध गराएर होस् इजरायलले नेपाललाई बिर्सनै नसक्ने उनले बताए । नेपालले आफूलाई कूटनीतिक मान्यता दिएकामा इजरायलले नेपाललाई कहिल्यै नबिर्सने उनकाे कथन छ ।
बहुआयामिक नेपाल–इजरायल सम्बन्धलाई इजरायलको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग ९मसाभ०को सहयोगमा इजरायली कृषि प्रविधिलाई नेपालमा ल्याउने उद्देश्यले नेपालका सातवटै प्रदेशमा कम्तीमा एउटा कृषि केन्द्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्र हालै हस्ताक्षर हुनुले इजरायली कृषि प्रविधि नेपालमा ल्याएर कृषिको आधुनिकीकरण गर्दै आर्थिक विकासको बाटोमा अग्रसर हुन मद्दत पुग्नेछ भने मुलुकको कृषि पूर्वाधार निर्माणले गति लिने र कृषि क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्नुका साथै विदेश जाने नेपाली युवाको सङ्ख्यामा कमी आउने आश गर्न सकिन्छ ।
नेपाल र इजरायलबीच हालसालै भएको अर्को समझदारीले इजरायलको श्रम बजारमा नेपाली कामदारलाई अस्थायी रोजगारी प्रदान गर्नेछ भने सुसारेका रुपमा मात्र नेपालीले पाउँदै आएको रोजगारीको अवसर अब कृषि, होटल÷रेष्टुरेन्ट, निर्माण र अन्य क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर मिल्नेछ । आर्थिक सम्बन्ध अभिवृद्धिका निम्ति लगानी, उद्योग, यातायात, पर्यटन, प्रविधि हस्तान्तरण, कृषि, ऊर्जा, शिक्षा र पूर्वाधार बनाउन नेपाल–इजरायल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री स्थापना हुनुले व्यापार क्षेत्रमा पारस्परिक सहयोगका निम्ति बाटो खुलेको छ ।
नेपाल र इजरायलबीच शिक्षा, संस्कृति, प्रविधि, विज्ञान र वातावरणका क्षेत्रमा जारी सहयोगलाई थप प्रगाढ बनाउने उद्देश्यले त्रिभुवन विश्वविद्यालय र तेल अवीव विश्वविद्यालयबीचको साझेदारीले प्राज्ञिक सम्बन्ध पनि क्रमशः विस्तार भइरहेको छ । इजरायलले नेपाललाई विभिन्न विषयमा विशेषगरी कृषि, शिक्षा, ग्रामीण विकास, जलस्रोत, पर्यटनलगायतका क्षेत्रमा अल्पकालीन छात्रवृत्ति प्रदान गर्दै आएको छ भने कृषि व्यवस्थापन, कृत्रिम गर्भाधान, सिँचाइ, बाल्यकालीन शिक्षालगायत क्षेत्रमा निरन्तर सहयोग गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
प्रदेश सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्दै बागमती प्रदेश
पुष २०, २०८१ शनिबार
विपद् प्रभावित सडक पुनर्निर्माण गर्न १५ करोड बजेट दिने निर्णय
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
माघे संक्रान्तिका लागि चाकु बनाउन भ्याइनभ्याइ [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी बार अध्यक्षको मुद्दामा आज सुनुवाई, एक नम्बरमै चढ्यो पेशी
पुष २३, २०८१ मंगलबार
भूकम्पको धक्कापछि सडकमा जम्मा भएका बालबालिका
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुग्यो, हजारभन्दा धेरै घरमा क्षति
पुष २३, २०८१ मंगलबार
‘पर्यटक बसपार्क’ निर्माण गर्न माग
पुष २३, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से १३.६५ अंकले बढ्यो
पुष २३, २०८१ मंगलबार