तनहुँका दुई सय ८८ मतदान केन्द्रमा निर्वाचन सामग्री पुग्यो
नेपालबहस संवाददाता
बैशाख २८, २०७९ बुधबार १७:५४:२
२८ बैशाख, तनहुँ । तनहुँका दुई सय ८८ मतदान केन्द्रमा निर्वाचन सामग्री सहितका कर्मचारी पुगेका छन् । अब नौ मतदान केन्द्रमा निर्वाचन सामग्री लैजान बाँकी छ ।
व्यास नगरपालिकाका नौ मतदानस्थलमा सामग्री लैजान बाँकी रहेको मुख्य निर्वाचन अधिकृत हरिषचनन्द्र ढुंगानाले बताए । ती केन्द्रमा पनि आज दिउँसोसम्म निर्वाचन सामग्री पुर्याइने उनले बताए । ‘मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नजिकै रहेका मतदान केन्द्रमा सामग्री लैजान बाँकी हो । आजसम्म सबै केन्द्रमा पुग्छन्’, उनले भने ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट ६१ प्रकारका सामग्री मतदान केन्द्रलाई वितरण गरिएको छ । मतपेटिका, मतपत्र, परिचयपत्र, लाहाछाप, स्ट्याम्पलगायतका निर्वाचन सामग्री मतदान केन्द्रहरूमा लगिएको हो ।
जिल्लाको घिरिङ गाउँपालिकाबाहेक अन्य नौ स्थानीय तहमा मतगणनास्थलको समेत टुंगो लागेको छ । ‘घिरिङमा सहमति जुट्न सकेको छैन । आज सर्वदलीय बैठक बसेर टुंगो लगाउँछ’, उनले भने, ‘मतगणनास्थल टुंगो लागेको स्थानीय तहमा घेराबार र सिसी क्यामेरा जडानको काम भइरहेको छ ।’ मतगणस्थलमा ग्याबिन जाली, बाँसको घेराबार गरेर भित्रपट्टि मतगणक बस्ने प्रबन्ध मिलाइएको छ । घेराबार बाहिर उम्मेदवारका प्रतिनिधि बस्नेछन् । गणक प्रवेशद्वारमा सुरक्षाकर्मीले पहरा दिनेछन् ।
यस्तै जिल्लामा एक हजार चार सय ८३ जना कर्मचारी मतदान केन्द्रमा खटाइएको छ । मुख्य निर्वाचन अधिकृत ढुंगानाका अनुसार हाल ८५ वडाको दुई सय ९७ मतदान केन्द्रमा दुई सय ९७ मतदान अधिकृत, दुई सय ९७ मतदान सहायक अधिकृत, पाँच सय ९२ जना सहायक र दुई सय ९७ सहयोगी खटिएका छन् । जिल्लाको १० स्थानीय तहको ८५ वडामा कुल दुई हजार तीन सय ७४ जनशक्ति खटिनेछन् । जसमध्ये आठ सय ९१ जना स्वयंसेवक हुनेछन् ।
३० वैशाखमा हुने निर्वाचनमा जिल्लाका दुई लाख ४४ हजार तीन सय ४० मतदाताले एक सय ३६ मतदानस्थलका दुई सय ९७ मतदान केन्द्रमा पुगेर मतदान गर्नेछन् । जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले गरेको वर्गीकरणमा एक सय ३६ मध्ये पाँच मतदानस्थल सुरक्षाको दृष्टिले अतिसंवेदनशील मानिएको हो ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार ३८ मतदानस्थल संवेदनशील र ९३ मतदानस्थल सामान्य छन् । ‘ती मतदानस्थलमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी र नेपाली सेनाको पनि निगरानी हुनेछ’, प्रमुख जिल्ला अधिकारी अर्यालले भने । निर्वाचनको बेला कुनै पनि अप्रिय घटना हुन नदिनलाई निर्वाचनपूर्व, निर्वाचनको दिन र निर्वाचनपछिका छुट्टाछुट्टै तीन चरणको सुरक्षा योजना बनाएको अर्यालले बताए ।
सुरक्षाका हिसाबले ढुक्क भएर मतदानमा सहभागी हुन जिल्लाबासीलाई उनको अनुरोध छ । ‘मतदाताहरू निर्भयपूर्वक मतदान केन्द्रमा जाने वातावरण मिलाएका छौँ । निर्भयपूर्वक मतदान गरेर आफ्नो मताधिकार प्रयोग गर्न सक्नुहुन्छ’, उनले भने । प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार नेपाल प्रहरी ६ सय पाँच, म्यादी प्रहरी एक हजार ५५, तीन सय २४ सशस्त्र प्रहरी र चार सय २५ जना नेपाल प्रहरीबाट निर्वाचन सुरक्षाका लागि खटिएका छन् ।
शुक्रबार हुने निर्वाचनमा जिल्लामा चार सय ४४ जनप्रतिनिधि निर्वाचित हुनेछन् । एक हजार ६ सय ३५ जना चुनावी मैदानमा छन् । देवघाट गाउँपालिकामा एकजना वडा सदस्य निर्विरोध निर्वाचित भइसकेकी छन् । देवघाट गाउँपालिका–३ को दलित महिला सदस्यमा ४१ वर्षीया मनमाया विक निर्विरोध निर्वाचित भएकी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु
पुष २९, २०८१ सोमबार
दल फुुटाउन र मिलाउन प्रधानमन्त्री भएको होइनः ओली
पुष २९, २०८१ सोमबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
लस एन्जलस आगलागी : विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
पुष २९, २०८१ सोमबार