घर फर्कने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
नेपालबहस संवाददाता
बैशाख २९, २०७९ बिहिबार १८:२४:५७
२९ बैशाख उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिका–८ टोड्केपानीको खरबारीमा बुधबार बेलुकी घाँस काटेर घर फर्कने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । कटारी इलाका प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ६८ वर्षीय गङ्गामाया खत्री रहेकी छन् ।
घाँसको भारी बोकेर बेलुकी ४ बजेतिर फर्कने क्रममा नजिकैको विद्युत् पोलछेउ भएर बाटो काट्न लाग्दा पोलबाट भुइँमा झरेको तारबाट विद्युत् प्रभाह भएकाले उनको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको र कम्बरदेखि मुनिको सम्पूर्ण भाग जलेको थियो ।
कटारीस्थित विद्युत् प्राधिकरण शखा कार्यालयका प्रमुख सन्तोष कार्कीले पोलमा जोडिएको विद्युतीय तार हावाहुरीले भुइँमा झारेका कारण खत्रीको करेन्ट लागेर मृत्यु भएको बताए ।उनको मृत्युपछि आफन्तले शव बुझ्न नमानेकाले उक्त शाखाले रु पाँच लाख क्षतिपूर्ति उपलब्ध गराउने शर्तमा मृतकका आफन्तले बेलुकी मात्रै शव बुझेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोदाममा मल हुँदा पनि किसानले पाउँदैनन्
माघ ९, २०८१ बुधबार
एचपिभी खोप अभियान सफल पार्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण
माघ ९, २०८१ बुधबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
रूपेन्देहीमा रवि लामिछानेको थुनछेक बहस सुरू
माघ ९, २०८१ बुधबार
जनता र विकासलाई केन्द्रबिन्दुमा राखेर काम गर्न राष्ट्रपतिको आग्रह
माघ १०, २०८१ बिहिबार
अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु
माघ १०, २०८१ बिहिबार
बझाङमा १२ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
माघ १०, २०८१ बिहिबार
प्रि-ओपन सेसनमा नेप्से ४.७७ अंकले बढ्यो
माघ १०, २०८१ बिहिबार
थाइल्याण्डमा सबैभन्दा ठुलो समलिङ्गी बिबाह समारोह सुरू, आजै ११४८ जोडी बाँधिने
माघ १०, २०८१ बिहिबार