रगतको प्रयोगशाला परीक्षण शुल्क पालिकाले व्यहोर्ने
नेपालबहस संवाददाता
बैशाख २९, २०७९ बिहिबार १८:३२:४७
२९ बैशाख ,वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकाका नागरिकलाई उपचारका क्रममा आवश्यक रगत लिँदा लाग्ने प्रयोगशाला परीक्षण शुल्क पालिकाले व्यहोर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा र उक्त गाउँपालिकाबीच भएको सम्झौताअनुसार पालिकाले प्रयोगशाला परीक्षणवापत लाग्ने शुल्क नलिई रगत उपलब्ध गराउने भएको हो ।
कुनै पनि बिरामीलाई अन्य व्यक्तिको रगत उपलब्ध गराउँदा व्यक्तिको स्वास्थ्यमा समस्या वा केही रोग छ वा छैन भनी व्यक्तिको रगतलाई प्रयोगशालामा परीक्षणपश्चात् मात्र बिरामीलाई उपलब्ध गराउने गरिन्छ । अब परीक्षण शुल्क पालिकले व्यहोर्ने गरी रेडक्रस सोसाइटीसँग सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु शाहले जानकारी दिए । विशेषगरी गाउँपालिकाका विपन्न एवं गरिब समुदायका बिरामीलाई सहुलियत मिलोस् भन्ने उद्देश्यले सो सम्झौता गरिएको उनले बताए ।
यसअगाडि पालिकावासीलाई उपचारका क्रममा रगत आवश्यक परेमा रेडक्रसले परीक्षणवापत लाग्ने शुल्क लिएर मात्र रगत उपलब्ध गराउने गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार