मौन अवधिका लागि अनुगमन प्रभावकारी
नेपालबहस संवाददाता
बैशाख २९, २०७९ बिहिबार २१:१८:१९
२९ बैशाख , गण्डकी । भोलि हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लामा मौन अवधिको अनुगमन प्रभावकारी बनाइएको छ । सो अवधिमा निर्वाचन अचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्ने गतिविधि नहोस् भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले अनुगमनलाई प्रभावकारी बनाएको सूचना अधिकारी निल पनेरुले जानकारी दिए । मौनअवधि सुरु भएपछि पैसा बाँड्न खोजिएको, सामाजिक सञ्जालमार्फत मत मागिएको जस्ता विषयमा मौखिक उजुरी आउने गरेको जनाउँदै उनले त्यस सम्बन्धमा अनुगमनलाई तीव्र बनाइएको जानकारी दिए ।
मतदान गर्ने समय नजिकिँदै गरेका अवस्थामा आचारसंहिता विपरीत मतदाता प्रभावित गर्न हुनसक्ने पैसाको चलखेललगायतका गतिविधि रोक्न आज सबै सुरक्षा निकाय, निर्वाचन एवं प्रशासनका पदाधिकारी सहितको टोली अनुगमनका लागि परिचालन हुने उनले जानकारी दिए ।अनुगमनका लागि करिब २० गाडी परिचालन गर्ने तयारी गरिएको जनाइएको छ । जिल्लामा भूगोलका दृष्टिले देशकै ठूलो पोखरा महानगरपालिकासहित चार वटा गाउँपालिका माछापुच्छ«ै मादी, रुपा र अन्नपूर्ण छन् ।
यस निर्वाचनमा पोखरा महानगरपालिकामा दुई लाख सात हजार ७१२ जना मतदाता छन्,भने अन्नपूर्ण गाउँपालिकामा २० हजार ३४८ मतदाता छन् ।त्यस्तै माछापुच्छ«ै गाउँपालिकामा २० हजार ३१६, मादी गाउँपालिकामा १८ हजार ७८२ र रुपामा १४ हजार ६७५ मतादाता छन् । निर्वाचनका लागि जिल्लामा ३३६ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु
पुष २९, २०८१ सोमबार
दल फुुटाउन र मिलाउन प्रधानमन्त्री भएको होइनः ओली
पुष २९, २०८१ सोमबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार
लस एन्जलस आगलागी : विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने
पुष २९, २०८१ सोमबार