निर्धक्क भएर रसुवाली मतदातालाई मतदान गर्न आग्रह
नेपालबहस संवाददाता
बैशाख ३०, २०७९ शुक्रबार १२:५९:३४
३० वैशाख, रसुवा । स्थानीय तह निर्वाचनमा निर्धक्क भइ मतदान गर्न जिल्ला प्रशासन कार्यालय रसुवाले आग्रह गरेको छ । स्वच्छ,निष्पक्ष र धाँधलिरहीत रुपमा निर्वाचन सम्पन्न गर्न आवश्यक सबै सुरक्षा व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जिल्लाका ५१ वटै मतदान केन्द्रमा आवश्यक सुरक्षा व्यवस्था मिलाएको जानकारी दिए । उनले भने“ आ–आफ्ना मतदान केन्द्रबाट मतदान गर्न रसुवाली मतदातालाई म आग्रह गर्दछु ।” प्रशासनले कहीँकतै सुरक्षा चाहिएमा वा चाहिने अवस्थामा आएमा नजिकको सुरक्षा निकायसँग तुरुन्तै समन्वय गर्न आग्रह समेत गरेको छ ।
निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नेपाली सेना र जिल्लास्थित राष्ट्रिय अनुसान्धान विभागसमेत परिचालन गरिएको प्रशासनले जनाएको छ ।
नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नभएकाले आफ्ना परिचय खुल्ने नेपाली नागरिकता, जग्गाधनी प्रमाण पूर्जा, सवारी चालक अनुमति पत्रसमेत सक्कलै साथमा लिई मतदानस्थलमा जान मतदातालाई अनुरोध गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार