बैतडीको सुर्नया–१ मा एमाले र शिवनाथ–१ मा कांग्रेस प्यानलसहित विजयी
नेपालबहस संवाददाता
बैशाख ३१, २०७९ शनिबार १५:२३:३४
३१ बैशाख, बैतडी । बैतडीको सुर्नया गाउँपालिका– १ मा नेकपा एमाले विजयी भएको छ । एमालेका वडा अध्यक्षका उम्मेदवार धनबहादुर चन्दसहित प्यानलै विजयी भएको हो ।
एमालेका उम्मेदवार चन्दले १५५ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका उम्मेदवारले ११५ मत प्राप्त गरेका छन् । सदस्यहरुमा दिलाराम कोली, अर्जुन बहादुर चन्द, सिता ढोली र अनिता चन्द बिजयी भएका छन् ।
शिवनाथ गाउँपालिका–१ को अध्यक्षमा नेपाली कांग्रेसका बल्देब सिंह चाड प्यानलसहित विजयी भएका छन् ।
चाड ७०० मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार देवसिंह साउदले ४७० मत प्राप्त गरेका छन् ।
उक्त वडाबाट पालिका अध्यक्ष, उपाध्यक्षमा सत्ता साझेदार गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । पालिका अध्यक्षमा कांग्रेसका कर्णसिंह साउदले ६४१ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार हजारीसिंह साउदले ५०६ मत ल्याएका छन् ।
उपाध्यक्षमा माओवादीका उम्मेदवार नरेन्द्र सिंह साउदले ५१४ मत ल्याएर अग्रस्थानमा छन् भने नेकपा एमालेका सकुन्तला साउदले ४७१ मत प्राप्त गरेका छन् । अहिले वडा न. २ को मतगणना जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार