ललितपुरको माहाँकालमा मतपत्रमा हस्ताक्षर नभेटिएपछि विवाद, एमाले कार्यकर्ताले गरे ढुंगामुढा
नेपालबहस संवाददाता
बैशाख ३१, २०७९ शनिबार १८:४१:५४
३१ बैशाख,ललितपुर । ललितपुरको माहाँकाल गाँउपालिकामा मतदान अधिकृतको हस्ताक्षर नभएको १५ वटा मतपत्र भेटिएपछि विवाद भएको छ । नेकपा एमालेकी पालिका अध्यक्ष उम्मेदवार कमला तामाङका अनुसार हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद भएको, तर आफूलाई मतगणना स्थलमा प्रवेश गर्न रोकेको बताइन् ।
उनले भनिन्, ‘मलाई विवाद भएपछि मतगणना स्थालमा प्रवेश गर्न दिइएन । गठबन्धनका उम्मेदवार गणेश केसीलाई मतगणना स्थलमा प्रवेश गर्न दिइएको छ । यसमो मेरो आपत्ति छ ।’
एमाले उम्मेदवारलाई २ घण्टासम्म बाहिर राखेर गठबन्धनका उम्मेदवारहरूमात्रै भित्र बसेपछि एमाले समर्थकले ढोकामा ढुंगामुढा गरेका छन् । एमालेकी उम्मेदवार तामाङले भनिन्, ‘गठबन्धनका उम्मेदवारलाई भित्र राखेर हामीलाई बाहिर पठाउदा शंका भयो । हाम्रा कार्यकर्ताले यो सहन सक्दैनन् ।’
स्वतन्त्र उम्मेदवारी दिएका भभिरथ तिमल्सिनाले जसरी पनि जित्न गठबन्धनले षड्यन्त्र गरेको आरोप लगाए । उनले भने,‘हस्ताक्षर नभएको मतपत्र भेटिएको अवस्थामा त्यो मतपत्र रद्द गरेर मतगणना हुनु पर्छ ।’
करिव ४०० मतगणना हुँदा १०० मत रहेको बण्डलमा ११ वटा हस्ताक्षर नभएको मतपत्र भेटिएको थियो । हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतगणना स्थलमा फेरि मतदान गर्नुपर्ने माग उठेको छ । ४०० मत गणना हुँदा विवाद भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
प्रदेश सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्दै बागमती प्रदेश
पुष २०, २०८१ शनिबार
विपद् प्रभावित सडक पुनर्निर्माण गर्न १५ करोड बजेट दिने निर्णय
पुष १९, २०८१ शुक्रबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार