समाज डेण्टल र लायन्स क्लबद्वारा मतगणनास्थल सभागृहमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
नेपालबहस संवाददाता
बैशाख ३१, २०७९ शनिबार २३:५:४४
३१ बैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणनास्थल राष्ट्रिय सभागृहमा ओम समाज डेण्टल अस्पताल र लायन्स क्लब काठमाण्डू युनिकको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
सो स्थलमा मतगणनाकार्य सम्पन्न नभएसम्म उपस्थिति हुने उम्मेदवार, निर्वाचन सम्पन्न गराउन खटिएका मतदान अधिकृत, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार र स्वयंसेवकसमेतलाई रक्तचाप परीक्षण, अन्य आवश्यक प्राथमिक उपचारलगायतलाई ध्यान राखेर शिविर सञ्चालन गरिएको अस्पतालका जनसम्पर्क अधिकृत धनप्रसाद घिमिरेले जानकारी दिए ।
चावहिलस्थित सो अस्पताल दन्त्य चिकित्सामा लोकप्रिय मानिन्छ । लायन्स क्लब काठमाण्डू डिष्ट्रिक्ट ३२५, ‘एफ’का गभर्नर डा राजेन्द्र गिरीले आफूहरुले यस प्रकारका सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने क्रममा शिविर सञ्चालन गरिएको बताए ।
लायन्स क्लब काठमाण्डू, युनिकका चिफ गणेश केसीले शिविरमा कुनै व्यक्तिलाई स्वास्थ्यमा कठिनाइ भएमा तत्काल अस्पताल लैजान तयारी हालतमा एम्बुलेन्सलाई पनि सभागृहमै राखिएकाले सो शिविरको सदुपयोग गर्न आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार