बौँदीकाली गाउँपालिकाको अध्यक्षमा एमालेका ओझा विजयी
नेपालबहस संवाददाता
जेठ १, २०७९ आइतबार १७:२४:९
नवलपुर, १ जेठ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बौँदीकाली गाउँपालिकामा एमाले विजयी भएको छ । छ वडा रहेको गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा चार वडामा एमालेकै समूह विजयी भएको हो । अध्यक्षमा निर्वाचित एमालेका प्रकाश ओझा तीन हजार ९७६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खडकबहादुर रानाले तीन हजार ५४१ मत प्राप्त गरे ।
उपाध्ययक्षमा पनि एमालेकै उम्मेदवार डिलकुमारी केसी सारुले तीन हजार ९६२ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका धनकान्ती घिमिरेले तीन हजार ५०६ मत प्राप्त गरे । वडा नं १ को वडाध्यक्षमा एमालेका अनिल थापा मगर ६०२ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका टोलनाथ कँडेलले ४६३ मत प्राप्त गरे । वडा नं २ मा एमालेकै श्यामसुन्दर श्रेष्ठले एक हजार १३५ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका हेमराज ओझाले ७२५ मत प्राप्त गरे । वडा नं ३ को अध्यक्षमा नेकपा एमालेका तेजबहादुर थापा ६२० मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका कुलबहादुर ठाडामगरले ५१९ मत प्राप्त गरे ।
वडा नं ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका मनबहादुर सारु ८६८ मतसहित निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी एमालेका मोहन थापामगरले ३८६ मत प्राप्त गरे । वडा नं ५ भने एमालेका भीमबहादुर थापा खरुमगर ४६२ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका ओमबहादुर अस्लामी मगरले ३७४ मत प्राप्त गरे । त्यस्तै, वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका खुमकुमार सारु मगर ७२१ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी एमालेका पूर्णबहादुर थापाले ६२१ मत प्राप्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार