वीरेन्द्रनगरमा कांग्रेसको अग्रता
नेपालबहस संवाददाता
जेठ १, २०७९ आइतबार १८:२९:२३
कर्णाली, १ जेठ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ । हालसम्मको मतगणनाअनुसार प्रमुख पदका उम्मेदवार कांगे्रसका उपेन्द्रबहादुर खड्काले एक हजार ८४९, नेकपा (एमाले) का मोहनमाया ढकालले एक हजार ७९७ र राप्रपाका मुकुन्दश्याम गिरीले ७६९ मत प्राप्त गरेको छ ।त्यस्तै जनता समाजवादी पार्टीका गगनबहादुर सारुले २२, नेपाल मजदूर किसान पार्टीका गोविन्दनाथ योगीले १३, नेकपा एकीकृत समाजवादीका धनाकुमारी जिसीले १३, राष्ट्रिय जनमोर्चाका विष्णुप्रसाद शर्माले दुई मत प्राप्त गरेका छन् । वीरेन्द्रनगरको प्रमुख र उपप्रमुख पदमा कांगे्रस र माओवादी केन्द्रबीच तालमेल छ । उपप्रमुखमा भने एमालेका नीलकण्ठ खनालले अग्रता लिएको छ ।
उनले दुई हजार ११३, माओवादीका शान्ति ढकालले एक हजार ६४९ र राप्रपाका लक्ष्मीकुमारी विकले ११९ मत प्राप्त गरेकी छिन् । उपप्रमुख पदका स्वतन्त्र उम्मेदवार अनिल ढकालले ८८, एकीकृत समाजवादीका वीरबहादुर रावतले ३३, नेपाल मजदूर किसान पार्टीका बिजुकला रानाले १६, जनता समाजवादी पार्टी नेपालका सन्तोषी विकले छ मत प्राप्त गरेका छन् । वीरेन्द्रनगरमा ४८ हजार ३०४ मत खसेको थियो । वडा नं १६ गणना सम्पन्न भइसकेको छ भने वडा नं १ गणना जारी छ ।
वडा नं १६ को अध्यक्षमा एमालेका डण्डबहादुर विक विजयी भएका छन् । वडा नं १ मा कांगे्रसका दिनेश खत्रीले अग्रता लिएका छन् । वीरेन्द्रनगरमा १६ वडा छन् ।
हालसम्मको मतपरिणाम अनुसार सुर्खेतको बराहताल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ईश्वरभक्त सुनार, पञ्चपुरी नगरपालिकाको प्रमुखमा कांगे्रसका लालवीर भण्डारी, चौकुने गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका खड्गबहादुर विकले अग्रता लिएका छन् ।
चौकुनेमा कांगे्रस र माओवादी केन्द्रबीच तालमेल छ । त्यस्तै चिङगाड गाउँपालिकाको अध्यक्षमा एमालेका बोधविक्रम जिसी, भेरीगङ्गा नगरपालिकामा कांगे्रसका रामबहादुर सिंह, लेकबेँशी नगरपालिकामा कांगे्रसका उमेश पौडेल र गुर्भाकोट नगरपालिकामा कांगे्रसका हस्त पुनको अग्रता रहेको छ । सिम्ता गाउँपालिकाको वडा नं १ खनेटास्थित भगवती मावि केन्द्रमा मतदान स्थगित भएपछि यहाँ मतगणना हुन सकेको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार