शीर्ष चार क्लब रियल मड्रिड, बार्सिलोना, एट्लेटिको र सेभियाले अंक बाँडे
नेपालबहस संवाददाता
जेठ २, २०७९ सोमबार १४:३४:१०
२ जेठ, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष क्लब रियल मड्रिड, बार्सिलोना, एट्लेटिको मड्रिड र सेभिया बराबरीमा रोकिएका छन् ।
ला लिगाको उपाधि जितिसकेको रियल रेलिगेशन क्षेत्रको क्याडिजसँग १-१ गोलको बराबरीमा रोकियो । रियलका लागि मारियानो डियाजले गोल गर्दा क्याडिजका रुवेन सोब्रिनोले बराबरी गोल फर्काए ।
बराबरीसँगै रियलको ३७ खेलबाट ८५ अंक छ । क्याडिज ३६ अंक जोडेर १७औँ स्थानमा छ । अर्क खेलमा एट्लेटिको घरेलु मैदानमा सेभियासँग १–१ गोलको बराबरीमा रोकियो । एट्लेटिकोका जोश जिमिनेजले सुरुआती गोल गर्दा सेभियाका युस्सुफ इन न्यास्रीले बराबरीमा गोल फर्काए ।
बराबरीपछि एट्लेटिको ६८ अंक जोडेर तेस्रो स्थानमा छ । सेभिया ६७ अंक जोडेर चौथो स्थानमै रह्यो । अर्को खेलमा क्याटलान क्लब बार्सिलोना गेटाफेसँग गोलरहित बराबरीमा रोकियो । घरेलु टोली गेटाफेविरुद्ध दवाव सिर्जना गरेपनि बार्सिलोनाले गोल गर्न सकेन ।
बराबरीसँगै बार्सिलोना ३७ खेलबाट ७३ अंक जोडेर दोस्रो स्थानमा छ । गेटाफे ३९ अंक जोडेर १४औं स्थानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि
पुष २५, २०८१ बिहिबार
अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत
पुष २३, २०८१ मंगलबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार