बझाङको बुंगल नगरपालिकाको मेयरमा र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी
नेपालबहस संवाददाता
जेठ २, २०७९ सोमबार १९:४६:५५
२ जेठ, बझाङ । बझाङको बुंगल नगरपालिकामा ८ वटा वडासहित मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मेयरमा नेपालीका कांग्रेसका जयबहादुर धामी विजयी भएका छन् भने उपमेयरमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बोहरा विजयी भएका छन् ।
मेयरमा निर्वाचित धामीले ७ हजार ६१५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी धनदेवी कुँवरले ३२७१ मत प्राप्त गरिन् । यस्तै उपमेयर पदमा विजयी बोहराले ६ हजार ६४६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अम्मरराज जोशीले २ हजार ९३२ मत प्राप्त गरे ।
गठबन्धनले ११ वडा रहेको नगरपालिकाका ८ वडामा पनि विजय हासिल गरेको छ भने ३ वडा स्वतन्त्र उमेदवारले जितेका छन् । वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका कस्सो बोहरा, वडा नम्बर २ मा पनि नेकपा माओवादी केन्द्रकै बिरे धामीले जितेका छन् ।
वडा नम्बर ३ को वडाध्यक्षमा धर्मराज जोशी, वडा नम्बर ४ मा गणेश कार्की विजयी भएका छन् । उनीहरू दुवैजना नेपाली कांग्रेसका उम्मेदवार हुन् ।
वडा नम्बर ५ मा स्वतन्त्र उम्मेदवार निराजन कुँवर, ६ मा स्वतन्त्र उम्मेदवार राम देवार र वडा नम्बर ७ मा एकीकृत समाजवादीका टंकप्रसाद जोशी, वडा नम्बर ८ मा स्वतन्त्र उम्मेदवार लोकेन्द्र जाग्री, वडा नम्बर ९ मा नेपाली कांग्रेसका हरीश सिंह, १० मा नेपाली कांग्रेसकै प्रेम ओखेडा र वडा नम्बर ११ मा नेकपा एकीकृत समाजवादीका लोकराज जोशी विजयी भएको निर्वाचन अधिकृतको कार्यालय बुङगलले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार
सहकारी ठगी प्रकरण : रवि लामिछानेसहितको मुद्दामा आज आदेश आउन सक्ने
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि
पुष २५, २०८१ बिहिबार