छिपहरमाइ गाँउपालिकाको मतगणना स्थगीत, पुन निर्वाचन गराउन कांग्रेसको माग
आबिद हुसेन
जेठ २, २०७९ सोमबार २२:७:१५
२ जेठ, वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिकाको अध्यक्षका उम्मेदवार नविन कुमार सिंहले मतगणनामा अनियमितता भएको आरोप लगाएका छन् ।
गाउँपालिकाको मतगणना गर्दा करारमा नियुक्ती गरिएका कर्मचारीको संलग्नताले अनियमितता भएको नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार सिंहले बताए ।
सोमवार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै सिंहले निवर्तमान गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले नै करारमा नियुक्ती गरेका कम्प्युटर अप्रेटर सञ्जित यादव र पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शम्भु साहले मत गणनामा षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
मतगणना गर्दा १ हजार ५ सय ९० आएकोमा निर्वाचन आयोगको वैवसाइटमा इन्ट्री गर्दा बढाएर १ हजार ६ सय २० बनाएको सिंहको आरोप छ । करारमा नियुक्ती गरेका कर्मचारीलाई मतगणनामा सहभागी नबनाउन उनले माग गरेका छन् । त्यस्तै छिपहरमाई गाउँपालिका वडा नम्बर २ मा मृत्यु भएका र बैदेशिक रोजगारीको क्रममा रहेका व्यक्तिको नाममा पनि मत आफै हालिदिएको सिंहले पत्रकार सम्मेलनमा बताए ।
निर्वाचन आयोगबाट रुजु भएको मतदाता नामावली उपलब्ध गराउनुपर्ने र सो ठाउँमा पुनः निर्वाचन गराउनुपर्ने सिंहको माग छ । यस विषयमा गाउँपालिकाका निर्वाचन अधिकृत मुकुन्द निरौलासँग कुरा गरेपनि कुनै पहल नभएकोमा सिंहले आपत्ति जनाएका छन् ।
यता नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार मनोज कुमार गुप्ताले भने हार मानसिकताको उपजस्वरुप विरोध गरेर बिथोल्ने प्रयास भएको प्रतिक्रिया दिएका छन् । निर्वाचन आयोगले नै कर्मचारी नपठाएर यहाँकै कर्मचारीलाई प्रयोग गरेको बताउँदै गुप्ताले मत गणनामा कुनै अनियमितता नभएको दावी गरेका छन् ।
निर्वाचन अधिकृत मुकुन्द निरौलाले आफुसँग मतदान रद्द गर्न र पुनः निर्वाचन गराउन माग गर्दै निवेदन परेको बताए । शुरुमा गणना हुँदा सबैले सहमती भएर हस्ताक्षरसमेत गरीसकेको र पछि लेख्दा खेरी १ सय ६५ हुनुपर्नेमा १ सय ९५ भएको निरौलाले स्विकार गरेका छन् । पछि पुनः जोड्दा गल्ती भएको भेटिएपछि त्यसलाई सच्च्याइसकेको हुँदा पुर्ण रुपमा निष्पक्ष ढंगले गणना भएको निरौलाको जिकिर छ ।
छिपहरमाई गाउँपालिका वडा नम्बर १ का ३ वटा बुथकै मत गणना भइसकेको छ । वडा नम्बर २ को ५ वटा बुथमध्ये ३ वटाको गणना हुँदै गर्दा विवाद उत्पन्न भएर मतगणना रोकिएको छ । सोमबारको पत्रकार सम्मेलनमा काँग्रेसका जिल्ला प्रवक्ता रमेशनाथ पाण्डे , पुर्व जिल्ला सचिव किशोरी साह कानु लगायतका नेताहरूको पनि उपस्थिती रहेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थप‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार