पाटन नगरपालिकामा गठबन्धन विजयी, डिलाशैनीमा स्वतन्त्र
नेपालबहस संवाददाता
जेठ ३, २०७९ मंगलबार १४:२२:१५
३ जेठ, बैतडी । बैतडीको पाटन नगरपालिका मेयरमा कांग्रेसका गौरीसिंह रावल ६८६९ मत सहित विजयी भएकाछन् । रावल एमालेका नारायण भण्डारीलाई पराजित गर्दै विजयी भएका हुन् । भण्डारीले ५२९० मत प्राप्त गरेका छन् ।
पाटनमा कांग्रेस माओवादी, नेकपा(एस)को गठबन्धन थियो भने एमाले एक्लै प्रतिस्पर्धामा थियो । उपमेयर र वडाहरुमा समेत गठबन्धनका उम्मेदवार विजय भएकाछन् ।
त्यस्तै, डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोसप्रकाश जोशी विजयी भएका छन् । जोशीले सत्ता गठबन्धनका उम्मेदवार लोकेन्द्र राना शितललाई ५२१ मतले पछि पारेर जित हासिल गरेका छन् ।
उपाध्यक्षमा कांग्रेसका भगीरथ बोहरा विजयी भएका छन् । युवा संघका तत्कालिक प्रदेश अध्यक्ष रहेका जोशीले एमालेबाट टिकट नपाएपछि स्वतन्त्रको प्यानल बनाएर चुनाव लडेका थिए ।
अध्यक्षमा जोशीले ३ हजार १सय ८९ मत ल्याई विजइ हुँदा माओवादी केन्द्रका रानाले २ सय ६४१ मात्रै ल्याएकाछन् ।
उपाध्यक्षमा बोहराले ३ हजार ८७३ मत ल्याउदा एमाले उम्मेदवार लिलावति जोशीले २ हजार ७७९ मत ल्याएका छन् ।
यस्तै वडा न. ७मा समेत स्वतन्त्र उम्मेदवार प्रकाश भट्ट प्यानलसहित विजयी भएका छन् । योसंगै वडा न. ५,६ र ७मा स्वतन्त्र उम्मेदवारहरु प्यानल सहित विजयी भएका छन् ।
वडा न.४ मा स्वतन्त्र उम्मेदवार हरि पन्त, वडा न. ५ मा स्वतन्त्र उम्मेदवार यज्ञ भट्ट यसअघि नै प्यानल सहित विजयी भैसकेका थिए । डिलाशैनीको वडा न.१ र ६ मा कांग्रेस, २ र ३ मा एमालेले जित हात पारेकाछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार
सहकारी ठगी प्रकरण : रवि लामिछानेसहितको मुद्दामा आज आदेश आउन सक्ने
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि
पुष २५, २०८१ बिहिबार