बन्दीपुरको अध्यक्षमा एमालेका सुरेन्द्र र उपाध्यक्षमा कांग्रेसकी पञ्चमाया निर्वाचित
नेपालबहस संवाददाता
जेठ ३, २०७९ मंगलबार १९:२३:४२
३ जेठ, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा एमालेका सुरेन्द्र थापाले नेकपा माओवादी केन्द्रका पूर्णसिं थापालाई ६३ मतान्तरले पराजित गर्दै जित दर्ता गराएका हुन् । सुरेन्द्रले तीन हजार २२९ र पूर्णसिंले तीन हजार १६६ मत ल्याए ।
उपाध्यक्षमा दुई मतान्तरले नेपाली कांग्रेसकी पञ्चमाया गुरुङ निर्वाचित भएकी छन् । गुरुङले गुरुङले तीन हजार २७ र प्रतिस्पर्धी माओवादीकी करुणा गुरुङले तीन हजार २५ मत प्राप्त गरिन् ।
१५ हजार ६३८ मतदातामध्ये निर्वाचनमा १० हजार २०५ मत खसेको थियो । अघिल्लो पटक बन्दीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नै माओवादीले जितेको थियो । यसपटक पनि पुरानौ अनुहार अध्यक्ष उपाध्यक्षमा भिडेका थिए । तर, पराजित हुनुपरेको छ ।
गाउँपालिकाको छ मध्ये एमालेले तीन, माओवादीले दुई र कांग्रेसले एक वडामा जित हासिल गरेको छ । बन्दीपुर( १ को वडाध्यक्षमा नेकपा एमालेका शिवकुमार श्रेष्ठ विजयी भएका छन् । ९०९ मत प्राप्त गरी श्रेष्ठ अध्यक्षमा विजयी हुँदा नेकपा माओवादी केन्द्रका भानुभक्त पोखरेलले ६८१ मत प्राप्त गरे ।
वडा नम्बर २ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । वडाध्यक्षमा तिलकबहादुर कुँवर ६५३ मत प्राप्त गरी विजयी भए । प्रतिस्पर्धी नेपाली कांग्रेसका भूपेन्द्रबहादुर बानियाँले ५०५ मत प्राप्त गरे ।
वडा नम्बर ३ को अध्यक्षमा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा परमेश्वर भट्टराई ४०५ मत प्राप्त गरी निर्वाचित भएका छन् । प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नारायण केसी खत्रीले ३७४ मत प्राप्त गरे ।
वडा नम्बर ४ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेकपा एमालेका दानबहादुर थापा ७४० मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका सीता थापाले ४६४ मत प्राप्त गरिन् ।
वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । वडाध्यक्षमा ध्रुर्वप्रसाद लामिछाने ६९१ मत प्राप्त गरी गरे । प्रतिस्पर्धी नेकपा एमालेका मिमबहादुर गुरुङले ४९२ मत प्राप्त गरेका छन् ।
वडा नम्बर ६ को वडाध्यक्षमा नेकपा एमालेका बलबहादुर गुरुङ विजयी भएका छन् । ४४५ मत प्राप्त गरी गुरुङ वडाध्यक्षमा विजयी भएका हुन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका गणेशबहादुर गुरुङले ४८२ मत प्राप्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
‘पुरातात्विक स्थलको संरक्षण राज्यको दायित्व’
पुष २९, २०८१ सोमबार
डोटेली पहिरनमा सजिएर नृत्य प्रस्तुत गर्दै महिला
पुष २९, २०८१ सोमबार
नबिल बैंकले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी प्रमाणपत्र पायो
पुष २९, २०८१ सोमबार
धनुषाको लक्ष्मीनियाँमा हुलाक कार्यालय स्थापना
पुष २९, २०८१ सोमबार
सिटिजन्स बैंकद्वारा दृष्टिविहीनहरुलाई सेतो छडी सहयोग
पुष २९, २०८१ सोमबार